स्बास्थ्यकर्मी, N95 मास्क र कोरोना !

महेश भट्टराई अमेरिका बाट स्बास्थ्यकर्मी लगायत N95 मास्क र कोरोना बिशेष जानकारी फेसबुक वाल मार्फत गराउनु भएको छ :

सबै जनता लक डाउन र सेफ होम स्टे गरिरहदा हामी स्बास्थ्यकर्मिहरू कोरोना संग अस्पतालको युद्दभूमिमा लडिरहेका हु्छ्यौ ! यदि हामी पनि घर मै बस्यौ भने बिरामीको उपचार र सेवा कसले गर्ला ! यो तेस्रो बिश्वयुद्द हो जुन जिबाणु संग स्बास्थ्यकर्मिहरूको लडाई हो ! दैनिक अस्पताल आउने शंकापद बिरामीहरू संग सिधै सम्पर्कमा नआई शुखै छैन ! जब सम्म ल्याब टेस्ट पोजेटिभ आउदैन तबसम्म हामीहरूले लगाउने भनेको रेगुलर मास्क नै हो ! Screening process वा observation राख्दा सम्म हामीले प्रयोग गर्ने standard precautions नै हो ! रिपोर्ट नआउदा सम्मको अबधिमा नै हामीहरू एक्सपोज हुन सक्ने शंभावना ठुलो हुन्छ !

अझै दुख र मन मनै पिरोल्ने भनेको घर र परिबारका सदस्यहरू संगै बस्नु पर्दा हो ! परिबारको प्रेशर छदैछ ! यदि कतै हाम्रै कारणले …! Virus, Infection, droplets, Isolation, spread को बारेमा बढि नै बुझेर पनि होला कहिले काहि एकान्तमा मन चस्किन्छ ! N95 मास्कको प्रयोग गर्ने भनेको पोजेटिभ रिजल्ट आए पछि मात्र हो ! जति नै PPE को कुरा गरे पनि droplets precautions को लागि चाहिने negative pressure room र N95 मास्क नै हो ! दुबै सबै अस्पताल र नर्सिडहोममा कति उपलब्ध होला !

N95 मास्क कंपनीले सिंगल युजको लागि बनाएको हुन्छ ! जुन कुरा हिज हामी सबै स्बास्थ्यकर्मिले TB positive बिरामी लाई droplets precaution मा राख्दा प्रयोग र अनुभब गरेकै कुरा हो ! तर आज N95 shortage को कारणले Government, hospital mgmt ले policy नै चेन्ज गरेर compromise गर्नु निकै दुख लाग्दो कुरा हो ! आज एउटै infected mask को प्रयोग multiple patient को लागि दिनभर गरिरहदा स्बास्थ्यकर्मि र अन्य बिरामी समेत कति सुरक्षित रहने हो भगवान जाने ! मलाई त stay home, stay safe, take care of yourself जस्ता मिठा शब्दले केहि प्रभाब पार्ला जस्तो लाग्दैन !

जागिरको रोजाई हरेकको आफ्नै हो ! मलाई आफ्नो पेशा र सेवा पर्ति गर्व छ ! यो सेवा दिन पाएकोमा मैले आफै लाई निकै भाग्यवानी संझन्छु ! मनको दुख र डर लुगाएर पनि बिरामीको अनुहारमा खुशी देख्दा मलाई युद्द जिते जस्तो लाग्छ !

“N95 mask only made for healthcare professionals. Please don’t misuse and make shortage.”