दाँतको सुरक्षा आफै कसरी गर्ने ?

वरिष्ठ दन्तरोग विशेषज्ञ, डा. मुक्तिनाथ रौनियार,

शरिरको अन्य अंग जस्तै दाँत पनि उत्तिकै महत्वपूर्ण अंग हो । शरिर स्वस्थ रहन शरिरको मुलद्वार अर्थात् मुख स्वस्थ रहनु पर्छ । यसको काम केवल खाना चपाउनका लागि मात्र होइन । दाँतले मानिसलाई सुन्दर देखाउन समेत उत्तिकै सहयोग गरेको हुन्छ । त्यसैले यसको ख्याल भएन भने तपाई हाम्रो व्यक्तित्वमा त असर गर्छ नै स्वास्थ्यमा समेत उत्तिकै प्रभाव पार्छ ।

त्यसैले प्राय हामी दाँतमा समस्या नदेखिदासम्म वा समस्या नआउँदासम्म दाँतको बारेमा त्यति ध्यान दिँदैनौँ । यस्तो बानीले हामीलाई भविष्यमा गम्भिर स्वास्थ्य समस्या देखिन सक्छ, त्यसैले दाँतको सरसफाईमा कमी तथा खानपानमा ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिन सक्छन् ।

त्यसो हो भने, दाँतको सुरक्षा कसरी गर्ने त ? वरिष्ठ दन्तरोग विशेषज्ञ, डा। मुक्तिनाथ रौनियारका अनुसार दाँतको सुरक्षा प्राय मानिसले गर्न नजान्दा समस्या आउने बताउनु हुन्छ । आउनुहोस् आज डा. रौनियारबाट दाँत सम्बन्धि स्वास्थ्य सल्लाह लिऔँ ।