लन्डन बाट नेपाली नर्स प्रशुनाले विश्वलाई अपील गर्दै कोरोना बिशेष लाईभ भिडियो सार्वजनिक गरिन ।

नोवेल कोरोना भाइरसबाट संसार भरीमा २८ हजारभन्दा बढीको ज्यान गइसकेको छ । शनिबार मध्यान्हसम्म २८ हजार ३७६ जनाको मृ त्यु भएको छ । १९९ देशमा पुगेको कोरोनाको असर परेको छन् भने सबैभन्दा बढी इटलीमा र स्पेनमा देखा परेको छ ।आज भोली सामाजीक संजाल लगायत बिभिन्न स्रोत बाट कोरोना संग कसरी लड्न सकेन र कसरी सावधानी अपनाउन सक्ने भन्ने निरन्त प्रचार प्रसार लगायत समाचार हरु आइ रहेका छन् ।

यस संक्रमणवाट बच्न सामाजिक दुरी अपनाउने भिडमा ननिस्कने, एक अर्का बिचको दुरी कम्तिमा दुई मिटर राख्ने र खोकि लागेको र हाछिउ गर्ने मानिसहरुवाट टाढा रहने, र सकेसम्म वाहिरको खाना नखाने गर्न पर्दछ । सार्वजनिक यातायात प्रयोग नगर्ने डदि गर्न परेमामा यात्रा गरे पछि वा वाहिर गएर घरमा फर्किए पछि, सौचालय प्रयोग गरे पछि, बाहिरवाट आएका वा ल्याईएका सामानहरु चलाए पछि वा पैसा हातले समाते पछि साबुनपानीले कम्तिमा २० सेकेण्डस् लगाएर नङ्ग, औलाका कापहरु र हत्केला लाई राम्रो संग धुन पर्दछ । नाक कोट्याउने, मुखमा औला राख्ने वा औलाले दांत कोट्याउने वानी हटाउने र खाली हातले खानेकुरा छुने वा खाने वानी हटाएर चम्चाहरु प्रयोग गर्ने गर्नु पर्दछ ।

वाहिर हिड्दा यदि हात धुन सम्भव नभए हात शुद्ध पार्ने जेल वा वाईप्स प्रयोग गर्नु पर्दछ । यो कोरोना भाईरसको जिवाणु प्लाष्टिक र धातुको सतहमा ७२ घण्टा, कपडा र कार्डबोर्डमा ६-८ घण्टा रहन्छ भनिएकाले ति बस्तुहरुको प्रयोग वा स्पर्शमा आउदा हात शुद्ध पार्ने वा धुने र अरुले प्रयोग गरेको मास्क वा रुमालको स्पर्शवाट टाडा रहनु पर्दछ र सम्भब भएमा ति वस्तुहरुलाई पनि किटांणु रहित बनाएर राख्ने र प्रयोग गर्न पर्दछ ।

त्यस्तै यस कोरोना असर बारे बेलायतमा संक्रमितको उपचारमा खटिएकी नेपाली नर्स प्रशुन्ना कंडेलले सामजिक संजाल बाट लाइव भिडियो मार्फत बिश्वलाई एक बिशेष अपिल गरेकी छन् । (भिडियो हेर्नुस)