कोरोना संक्रमणमा स्वास्थ्यकर्मिको सुरक्षा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ

कोरोना संक्रमण नेपालमा फैलिने स्थितिसंगै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु त्रस्त देखिएका छन् | आफु पूर्ण रुपमा सुरक्षित भएको महसुष नभएसम्म उनीहरु जोश र जाँगर सहित कोरोना संक्रनित बिरामीको उपचारमा खट्न निकै अप्ठ्यारो छ | यसको लागि कार्यस्थलको बाताबरण, उपकरण तथा सुरक्षाका हरेक उपाय तुरुन्त उपलब्ध गराउनु जरुरी छ |

एउटा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण सर्यो भने उ, उसको परिवार, संगै काम गर्ने स्टाफ मात्र हैन उसले हेर्ने बिरामी पनि संक्रमित हुनसक्छन | चीन, इटाली लगायतका मुलुकमा दर्जनौं चिकित्सक तथा हजारौं स्वास्थ्यकर्मीको निधन भएको एबम दशौँ हजार स्वास्थ्यकर्मी संक्रमित भइरहेका छन् |
कोरोना संक्रमण बिरुद्ध नेपालले तीब्र तयारी गरिरहेको छ | क्वारेन्टाइन स्थल, आइसोलेसन वार्ड, आइसीयु लगायत बिस्तार गर्नु एउटा महत्वपूर्ण पाटो हो भने त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षा गर्नु त्यहाँभन्दा ठूलो बिषय हो |

सबै स्वास्थ्यकर्मीलाई PPE आवश्यकता पर्दैन | बिरामीसंग एक्सपोजर हुने प्रकृति अनुसार सुरक्षात्मक सामग्री फरक फरक आवश्यकता पर्दछ | उपचार कक्षमा गुणस्तरीय ह्याण्ड स्यानिटाइजर्, टिस्यु पेपर, ग्लोभ, N 95 मास्क, गगल्स, फेस शिल्ड, क्याप, हेल्मेट, गाउन, स्प्रे, श्वासप्रश्वास सुरक्षा कवच, PPE आदिको पर्याप्त हुनु पर्दछ | उपचार कक्ष तथा आइसियुमा निस्संक्रमण, गाउन तथा सुरक्षा उपकरणको निर्मलीकरण तथा स्वास्थ्यकर्मीलाई स्रोतसाधन सम्पन्न बनाएमा कोरोना संक्रमण बिरुद्धको युद्धमा उनीहरु मन, बचन र कर्मले समर्पित हुनेछन |

हतियार बिना युद्धमा पठाउन सम्भव छैन | यो तथ्य सम्बन्धित पक्षले बुझ्नु नितान्त जरुरी छ |

आफ्नो र आफ्नाको जीवन संग खेलबाड नगरौ “लक डाउन” को पुर्ण पालना गर्दै घरमा बस्नुहोस