बढ्दो कोरोना संक्रमण र नागरिक दायित्व

चिनको बुहानबाट फैलिएको कोरोना भाईरस (COVID -19 ) को महामारी झन्डै बिश्वका १६८ देशमा फैलिसकेको छ । हालसम्म ३,५३, ३२० मा यो सक्रमण देखिएको छ भने १५, ४०८ को मृत्यु भएको छ । त्यस्तै गरि १,००, ६०५ जना निको भएका छन भने हाल मध्यम अबस्थामा २, २६, ००९ छन भने ११२९८ जटिल अबस्थामा उपचाररत छन । यो सक्रमणले महामारीको रुप लिदै बिश्वका अति विकसित रास्ट्रहरुको समेत निद हराम गरिसकेको छ । अमेरिका , बेलायत , स्पेन , इटाली , अस्ट्रेलिया , जापान जस्ता बिकशित देशहरु समेतको टाउको दुखाई भएको अबस्थामा हाम्रो जस्तो अबिकशित देश नेपालमा समेत यसको सक्रमण देखिन थालेको छ । चैत ४ गरे फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ बर्षिय नेपाली विद्यार्थीमा सक्रमण देखिएको पुष्टि भईसकेको छ । यो पुस्टीसङ्गै सरकारले पनि नागरिक चहलपहल कम गर्न र जोखिम न्यूनीकरणको लागि केही कदमहरु लिएको छ । जस अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइनका लागि राखिएका साढे पाँच सयमध्ये आधाजति जबर्जस्ति पर्खाल नाघेर बहादुरी देखाएछन । यस्ता भेडा , मुर्ख र अनुशाशनहिन जनता भएको देशमा कुन मानबिय हिसाबले नाकामा अझै सदासयता देखाउने ?? यस्ता पशुहरु चाहे आफ्नै दाजुभाइ किन नहुन , चाहे ज्याला मजदुर गर्ने किन नहुन र चाहे आधा अर्थतन्त्र यिनैको रेमिटान्सले धानेको किन नहोस भारतीय नाकामा कर्फ्यु र सेना लगाएर भएपनी पुर्णतः बन्द गरिनुपर्छ ।

१५-२० दिन अगाडि इटालिको अवस्था पनि झन्डै आजको नेपालको जस्तै थियो ! सरकारले शुरूवातमा अलि सामान्य ढङ्गले लिएपनी केही समयपछि उसले आफना नागरिकलाई
-अनावश्यक बाहिर ननिस्कन भनेको थियो।
– अनावश्यक सपिङ्ग मल , रेस्टुरेन्ट र भिडभाड नगर्न भनेको थियो ।

तर झन्डै हामी जस्तै उदण्ड , अनुशासनहिन र घमण्डी जनताले हेलचक्राई र गम्भीरता साथ नलिदा आज इटलीको के अबस्था हुदैछ ?? बिश्वकै सबैभन्दा बढी जनसंख्या बोकेर पनि अनुशासन र प्रद्दतीलाई आत्मसात गरेर चिनले आज लगभग नियन्त्रण शन्यमा झार्दैछ । संक्रमण एकबाट दुई र दुईबाट ३ हुने हो।यदि लापरबाही र हेलचक्राई गर्दै जाने हो भने एक जनामा देखिएको संक्रमण अन्यमा फैलन धेरै समय लाग्दैन । त्यसैपनि साधन , स्रोत , प्रबिधि र जनशक्तिको हिसाबले हामी अत्यन्त पछाडि छौ भने भौगोलिक, सडक र सूचना पहुँचको हकमा अझै पनि कमजोर छौ ।

तसर्थ सरकारलाई मात्रै धारे हात र आलोचना गरेर हामी आफू चाहिँ गम्भीर नहुने , लापरबाही ,हेलचक्राई र मजाक गरिरहने हो भने पक्कै पनि हामीलाई न त पशुपतिनाथले बचाउन सक्नेछन् न त बुद्धले नै ।न त सगरमाथाले नै छेक्नेछ । सरकारले हवाई उडान , सवारी साधन , मेला ,महोत्सव ,विभिन्न खेलकुद , जिम खाना , चलचित्र हल , उत्तरी र दक्षिणी नाकाहरु बन्द गरेर सकारात्मक थालनी गरेको छ । तसर्थ अब हामी आम नागरिक सचेत , गम्भीर र साबधानी हुन सकेनौ वा चाहेनौ भने यसले निकट भबिस्यमा नै स्थिति काबु बाहिर नजाला भन्न सकिन्न । हामीलाई हाम्रै हेलचक्राई र लापरबाहीले पश्चाताप गर्ने समय पनि दिनेछैन । तसर्थ नियमित साबुनपानीले हात सफा गरौं । सम्भब भएसम्म मास्क र पन्जाको प्रयोग गरौ। भिटामीन सि युक्त खानेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवि, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं।

समयको संबेदनसिलतालाई नबुझेर, बुझ्नै नचाहेर वा बुझेर पनि गम्भीर हुन नसकेर यस्तो प्रतिकुल परिस्थितिमा पनि गाउँ घर तथा शहरमा तामझामका साथ विवाह, ब्रतबन्ध, बर्थडे, इङेजमेन्ट , न्वारन पास्नी, छेका जस्ता कार्यक्रम राख्दै अझैपनी लापरबाही गर्दैछन भने सचेत गराउँ । यदि सचेत गराउदा गराउदै कोहि अटेरी गर्छ भने सामाजिक बहिस्कार गरौ । गाउँमा रहनुहुने युबा दस्ता , विद्यार्थी र स्थानीय प्रतिनिधिले जोखिम रहित सामाजिक अभियान चलाउँ । शिक्षकहरुले पनि यो समयमा उल्लेखनीय भुमिका निर्बाह गरिदिनुहोला । जसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन सकोस । भरतपुर महानगरपालिका
वाड न १३ चितवन
हाल – साउदी