लोकप्रिय गायक बिमल डाँगीले आफ्नो जन्म भुमि डोल्पाको पर्यटकीय स्थलको चिनाए गीतबाट

काठमाडौं । लोकहोरी गायक विमल डाँगी र गायीका सरीता डाँगीको युगल आवाज रहेको गीत ‘मेरो डोल्पा’ को भिडियो सार्वजनिक भएको छ । रामचन्द्र रोकायाको शब्द तथा गायक डाँगीकै संगीत रहेको गीतमा नारायण दंगालले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोले डोल्पाको सुन्दरता, पर्यटकिय, धार्मिक र सांस्कृतिलाई उजागर गरिएको गायक डाँगीले बताए । उनका आवाजमा यसभन्दा अघि बजारमा आएका दर्जनौँ गीतले चर्चा कमाइसकेको छ ।

गीतको भिडियो गायक विमल डाँगीकै युट्युब च्यानलमर्फत् सार्वजनिक गरिएको छ । गीतको शब्दले नेपाली मौलिक लोक सांस्कृतिका विषयलाई पनि प्रवद्धन गरेको उनले बताए ।