अभिनेत्री सञ्चिता लुइँटेल लगायत सात महिला अन्तर्राष्ट्रिय नारी दिवसमा सम्मानित

८ मार्च, त्रिपुरेस्वर, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा मर्निङ ग्लोरी इन्टरटेनमेन्टद्धारा आयोजित प्रि–स्कुल टिचर्स फेसन शो कार्यक्रममा विभिन्न १२ वटा प्रि–स्कूलका शिक्षिकाहरुले सहभागिता जनाएका छन ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री श्रेष्ठले मन्तब्य दिने क्रममा राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरी महिलाहरु सक्षम छन् भन्ने प्रमाणित गर्दै आएको उल्लेख गरे ।

मर्निङ ग्लोरी इन्टरटेनमेन्टकी प्रवन्ध निर्देशक मोहना मोथे खनालका अनुसार आइएमइ पे र डिजिटल नेपालसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याउने सात जना महिला अग्रजहरुलाई सम्मान समेत गरिएको । सम्मानित हुनेहरुमा समाजसेवी राज्य लक्ष्मी शाक्य, इन्दिरा राना मगर, गायिका देविका बन्दना, इन्जिनियर सिर्जु दाहाल, अभिनेत्री सञ्चिता लुइँटेल र सञ्चारकर्मी नीता सापकोटा थिए । कार्यक्रममा मर्निङ ग्लोरी इन्टरनेसनलकी प्रवन्ध निर्देशक मोहना मोथे खनालकी आमा सुकुमारी मोथेलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले सम्मानित महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

फेशन शोमा सहभागी शिक्षिकाहरुले मौलिक पहिरन, सारी तथा ककटेल ड्रेसमा सजिएर र्‍याम्प वाकमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा हेल्थ पार्टनरको रुपमा रहेको ब्लु क्रस हस्पिटलले सम्मानित महिलाहरुलाई नि:शुल्क हेल्थ चेकअप गरिदिने घोषणा समेत गरेको छ ।

मिस नेपाल २००५ सुगारिका केसीद्धारा कार्यक्रमको सन्चालन गरिएको उक्त कार्यक्रममा अतिथिको रुपमा आमन्त्रित लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठले कार्यक्रमको समयमा काम बिशेषले गर्दा आफू काठमाण्डौं बाहिर हुन परेकोले कार्यक्रममा उपस्थित हुन नपाएकोमा क्षमा याचना गर्दै कार्यक्रमको सफलताको लागि सामाजिक सन्जाल मार्फत शुभेच्छा ब्यक्त गरेका थिए ।