ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको ‘पुर्व देखि पश्चिम’मा मोडेल सृष्टि खड्का (भिडियो)

नेपाली मनोरन्जनको छेत्रमा फरक सोचका साथ आएको ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको ‘पुर्व देखि पश्चिम’ बोलको गीत सार्वजनिक भयेको छ। हिरा काजी थापाको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल सृष्टि खड्का र करण बरालको अभिनय रहेको छ । कृष्ण रसालको निर्देशनमा बनेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र राजेन्द्र पाण्डेको सिनेमाटोग्राफी
रहेको छ।

ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले यसपछि पनि धेरै हिट हिट गायकगायिकाको स्वरमा रहेको गीतहरुको म्युजिक भिडियो निर्माण गरिरहेको र अब छिट्टै नै रिलिज गर्दै जाने प्रोपाइटर ईश्वर थापाले जानकारी दिनुभयो ।