एक नेपाली छोरीले आफ्ना नेपाली बाबुलाइ गीत उपहार दिएकी छन् ”गाडी गुड्छ नेपाली” (भिडियो सहित)

प्रवासी भुमीमा रहे पनि नेपाली भाषाको कति पनि ज्ञान नहुदा हुदै पनि एक नेपाली छोरीले आफ्ना बाबुलाइ गीत उपहार दिएकी छन् । उक्त गितलाइ चर्चित पप गायक नविन के भट्टराइले आफ्नो सामाजिक संजालमा सेयर गरेका छन् । उहाले सामाजिक संजालमा लेख्नु हुन्छ ।
स्कुलमा हुँदा जब पनि कहिले काही गुनगुनाउथे, धेरैले गीत नगाउनु भन्थे। खासै मलाई भगवानले गीत गाउन पठाएको होइन, गित त इख ले गाएको हुँ। जब पनि अवार्ड थाप्छु, मलाई गीत नगाउनु भन्नेहरुलाई जवाब दिएको जस्तो लाग्छ। झन् कन्सर्टमा मेरा गीतहरु जब श्रोताहरुले संगै गाउछन, लाग्छ ति मलाई दुक्कारने हरुलाई झापड हान्दै छन्।

शुरु गर्दा कहाँ सजिलो थियो र, झन् मैले जसरि संगीत गरे त्यो बिल्कुलै नौलो थियो। पप गित लाइ हेला गर्ने त्यो जमानामा मलाई यस्तो गीत बनाउनु थियो जुन गीत ले पप गीत नसुन्नेको मन पनि जितोस। त्यसैले मैले पहिलो चोटी पश्चिमेली संगीतमा पूर्वेली राग मिसाए। एउटा नौलो प्रयोग थियो त्यो। त्यतिबेला चलि रहेको मुखडा, अन्तरा, अन्तरा अनि मुखडा को शृंखला तोडे।
थुप्रै नौलो प्रयोग गरेको थिए, जुन आज पनि चलि रहेको छ। त्यसैले कहीं नौलो प्रयोग भएको गित सुन्दा मेरा संघर्षका दिनहरु याद आउछ।

आज मलाई एउटा गित तपाईलाई सुनाउन मन लाग्यो, नेपाली पाराको यो संगीत अलि पश्चिमेली शैलीमा गाइएको छ। १५ बर्षे यी गायिकालाइ नेपाली पटक्कै आउदैन तर पनि यो नेपाली गीत गाउने प्रयाश सराहनीय छ। उनले आफ्नो नेपाली बुवालाई उपहार स्वरूप यो गीत गाएकी रे।