होलेरी आक्रमणको कथा : यसरी बुनिएको थियो जनयुद्धको योजना : प्रचण्डले नै सिकाएका थिए बम बनाउन

दाङ, फागुन ३ । पच्चिस वर्ष अघि, २०५२ साल फागुन १ गते । रोल्पाको होलेरी भन्दा माथि गढीलेखमा हिउँ परिरहेको थियो । करिव माइनसमा थियो–तापक्रम । गढिलेख माथिको आकाशमा बादल मडारिएको थियो ।
त्यहि समय, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को ३६ जनाको लडाकु फौज गढिलेख आइपुग्यो ।

बेलुकाको झिससिमे हुँदै गर्दा त्यो लडाकु फौज होलेरी झर्यो । होलेरीमा रहेको प्रहरी चौकी माथि धावा बोल्यो । १२ जनाको दरबन्दी रहेको त्यो चौकीमा ८ जना थिए । उनीहरुलाई फौजले नियन्त्रणमा लियो, हतियार कब्जा गर्यो । त्यो आक्रमण जनयुद्धको पहिलो आक्रमण बन्न पुग्यो । त्यो आक्रमणको कमाण्डर थिए–अहिलेका उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन अनन्त ।

थप जानकारी भिडियोबाट