गरे देखि के हुदैन र ? हेर्नुहोस ८५ % काम सकिदा यस्तो देखियो पोखरा रंगशाला ! पुरा काम सकिदा कस्तो होला ?

पोखरामा निर्माण भईरहेको रंगशालाको काम करिब ८५ प्रतिशत सकिएको छ । निर्माणका लागि आवश्यक सामाग्रीहरु आईसकेको निर्माण पक्षले जनाएको छ ।

यसैबिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पोखरा रंगशालाको अहिलेको संरचना समेत फेरवदल हुने स्पष्ट पार्नुभएको छ । बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिलवालले रंगशालाको निर्माण कार्य तत्काल पुरा गरि यसको आन्तरिक आयका श्रोतहरुको समेत खोजि गर्नुपर्नेमा जोड दिनुभयो ।

१३ औ दक्षिण एशियाली खेलकुद पछि यसका सकारात्मक प्रभावका रुपमा खेलकुद गतिविधि प्रतिको आकर्षण बढेको उहाँले उल्लेख गर्नुभयो । सदस्य सचिव सिलवालले पोखरा रंगशालाको अहिलेको संरचना समेत फेरवदल हुने बताउनुभयो । पोखरा रंगशालामा निर्माण गरिएको संरचनाको संरक्षणसंगै यसभित्र प्रर्याप्त पार्किङ्को समेत व्यवस्था मिलाईने सिलवाले बताउनुभयो ।

पोखरा रंगशालाको निर्माण कार्य तत्काल पुरा गरि यसको आन्तरिक आयका श्रोतहरुको समेत खोजि उहाँले गर्नुपर्नेमा जोड दिनुभयो ।