#द_लिडर_बारे : बिरामीको उपचार डाक्टरले गर्छ, घर इन्जिनियरले बनाउँछ, किसानले अन्न उब्जाउँछ, नैतिक शिक्षा पढाउने शिक्षकसँग गणितको जोडघटाऊ गर्ने क्षमता नहुन सक्छ!

ज्वाला संग्रौला जापान,

ज्वाला संग्रौला आफ्नो फेसबुक वालमा जानकारी गराउनु हुन्छ : #द_लिडर_बारे
बिरामीको उपचार डाक्टरले गर्छ, घर इन्जिनियरले बनाउँछ, किसानले अन्न उब्जाउँछ, नैतिक शिक्षा पढाउने शिक्षकसँग गणितको जोडघटाऊ गर्ने क्षमता नहुन सक्छ, माछाको क्षमता पानीमा पौडिने हो भने चितुवाको क्षमता सबैभन्दा छिटो दगुर्ने हो! चराको बर्गमा परेर पनि पेन्गुईन् , किवी र अस्ट्रिचहरु उड्न सकेनन्! अब उड्न सकेनन् भन्दैमा तिनीहरु चरा नै हैनन् भनेर जीबन चक्र खल्बल्याउनु त भएन नि..!

गुण , दोष , क्षमता यो सँसारमा सबै सबैका हुन्छन्! इतिहाँसले ग़लत साबित गरे पनि जे क्षमता बाबुराम र प्रदिपहरुसँग छ, त्यो क्षमता तपाईँ हामीले आश गरेका रमेश खरेलहरुमा नहुन सक्छ! आमा पागल भै भनेर बाउको घुँडाबाट बच्चा जन्माउन खोज्नु त भएन नि! The Leader का जजहरुको आलोचना गर्नेहरुले आफ्नो मुखपनि ऐनामा हेर्ने कि? अनि who is Rabi भनेर नाक उचाल्ने हरुले who am I? भनेर आफैंलाई प्रस्न गर्नुहोला..! यो देश न त मैले दुईचार हज़ार चन्दा उठाएर बन्छ ,न त तपाईहरुले करोडौं सहयोग गरेर र सीमानामा तार बेरेर नै बन्छ ! यी त केहि preventive measure हरु मात्र हुन् !

देश साँच्चै बन्नको लागि त इमानदार , भिजनरी र देशलाई असल बाटोमा लान सक्ने , देश बिदेश र कुटनैतिक मामलामा जानकार , भ्रस्टहरुलाई सिधै हातमा नेल ठोकेर जेल कोच्ने मुटु बोकेको हल्का तानशाहि तर बिकाशमा उदारवादी रणनीति बोलेको निडर नेता नै चाहिन्छ! The leader ले खोजेको नै यस्तै ब्यक्ति हो! आलोचना गरेर भाईरल नै बन्ने मन भए बोलिदिनुस् जे पनि किनकी यो भ्रमको बजारमा बिक्ने नै तपाईहरुको वाहियात तर्क हो! बिकाउनुस जति सक्नुहुन्छ! तर अन्त्यमा आफैंलाई चाहिँ नबेच्नु होला!
#Go_ahead_Rabi_Lamichhane