बुढेसकालको सहारा २२ बर्से छोराको ह*त्या आमाले रुदै खोलिन सम्पुर्ण नालीबेली (भिडियो हेर्नुहोस)

झापाको बिर्तामोडमा एउटा परिवार थियो जहाँ एउटि आमा अनि उनको २२ बर्शिय छोरा थिए । आफ्ना श्रीमानले पनि साथ छाडेपछि जिन्दगीको सहारा छोराको पनि ह*त्या भएपछी दिनरात रुदै रात बिताइरहेकी छिन एक्लि आमा । बिर्तामोड ५ बाट केहि दिन अघि घुम्न भनेर निस्किएका २२ वर्षीय अभिषेक कटुवालको सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीमा ह*त्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको छ ।

शरीरमा लगाएका कुनै पनि कपडा नभएको र टाउको तथा अनुहार कुच्याएर चिन्नै नसक्ने बनाउँदै विभत्स तरिकाले ह*त्या गरेर पराल र माटोले पुरेको अवस्थामा उनको निर्बस्त्र शव फेला परेको हो । घटनास्थल विराटनरगर महानगरपालिका–४ भएर बग्ने केसलिया खोलाबाट पश्चिमतर्फ हो ।

प्रहरीका अनुसार मृ*त्यु हुने अबिशेकको घर भारत भएको र बिर्तामोड मामा घर हो । बुवा भारतमै बस्दै आएका उनी आमासँगै मामा घरमा बस्थे ।
सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रारम्भिक कुरा बुझ्ने क्रममा उनी माघ ९ गते घुम्न भन्दै मे १० प ८६७५ नम्बरको स्कुटर लिएर बिर्तामोडबाट हिँडेका थिए । तर घर नफर्किएपछि आमा तारा कटुवालले छोराको खोजीका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइन् । उनले लिएर हिँडेको स्कुटर समेत फेला परेको छैन ।

शवको फोटो हेरेर आफन्तले चिनेका थिए । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको गलबन्दी को टुक्रा बाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ ।एसपी पोखरेलले शरीरका केही भाग सड्न थालेको अवस्थामा शव भेटिएका कारण घटना तीन÷चार दिन अघिनै भएको बताए । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर गम्भीर ढंगले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

घटनाको कारण खुलिनसकेको र त्यसमा संलग्नको पनि पहिचान हुन बाँकी रहेको एसपी पोखरेलको भनाइ छ । झापाबाट हिँडेका उनी कसरी त्यहाँ पुगे भन्ने नै खुलिसकेको छैन । अति नै व्यस्त रहने सडक छेउमै शव भेटिएका कारण घटना दिउँसो नभई राति गराइएको हुनु पर्छ, एसपी पोखरेलले भने, ‘शवको अवस्था हेर्दा घटनामा एक भन्दा बढी व्यक्तिको संलग्नता छ भन्ने देखिन्छ ।’ सुपर अनलाइन टिभी टिम आज झापा बिर्तामोडमा काजकिरिया गर्दै बसेकी आमा भएको ठाउँमा पुगेको छ । आमाको अवस्था एकदमै नाजुक रहेको छ । श्रीमानले छाडेपछि आफ्नो जिन्दगी नै छोरा सम्झेर सानैदेखि दु:खले हुर्काएको काखको छोराको ह*त्या भएपछी पानी अनि खाना पनि नखाएकी आमाले रुदै यस्तोसम्म सुनाइन कि हेर्दा तपाइँको मन धुरु धुरु रुनेछ तलको भिडियोमा हेर्नुहोस ।