मिस नेपालपछि मकवानपुर नेपाल आइडल जन्माउने तर्खरमा?

‘मिस नेपाल’ मात्रै नभएर ‘मिस नेपाल’ लाई नयाँ उचाइमा पुर्याउने र योप्रतिको अवधारणामा नै बिभिन्न किसिस्मले परिवर्तन ल्याउने श्रृंखला खतिवडा जन्माउने मकवानपुरमाथि ‘नेपाल आइडल सिजन ३’ जन्माउने दायित्व आइपरेको छ । मीठो स्वरकी धनी र अत्यन्तै सरल स्वभावकी स्वस्तिकाको भोटिङ कोड १२ रहेको छ र शुक्रवारदेखि खुल्ने भोटिङमा Respect and Rise app मार्फत पनि सहभागी हुन सकिन्छ ।

‘नेपाल आइडल सिजन ३’मा मकवानपुरको हेटौंडा –८ कमाने निवासी स्वस्तिका ढकालले दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १२ सम्म आफ्नो स्थान सुरक्षित गर्दै निकै चर्चा बटुलिरहेकी छिन् ।

‘मेघा राउण्ड’अर्थात अडिशन राउण्डमा ‘सालैजु’, ‘म आँखैमा राख्न’ जस्ता गित गाएर निर्णायकको मन जितेकी ढकालले पछिल्ला राउण्डहरुमा झनै राम्रो प्रस्तुती दिँदै आएकी छिन् । क्रमश ‘थिएटर राउण्ड’ र ‘पियानो राउण्ड’ मा पनि उनले राम्रो प्रस्तुति दिएकै कारण उनको गायनको चर्चा चुलिदै गएको छ ।

स्वस्तिकाले आगामी राउण्डका लागि पनि तयारी गरिरहेकी छिन । आगामी ‘गाला राउण्ड’मा प्रतुति दिएपछि शुक्रवारदेखि भोटिङ शुरु हुने भएकोले निकै मिहेनतका साथ तयारीमा जुटिरहेकी छिन् उनी ।

सामान्य परिवारमा हुर्किएकी २२ बर्षकी स्वस्तिकाको ५ जनाको परिवारमा बुवाले निकै दु:ख गर्नु परेको कारण संगीतमा सानैदेखि रुचि हुँदाहुँदै पनि संगीतको औपचारिक शिक्षा प्राप्ती चाहना आर्थिक अवस्थाको कारण पुरा गर्न सकिनन र परिवारलाई आर्थिक रुपमा सहयोग हुने भएकोले हेटौँडाकै एउटा शैक्षिक परामर्श केन्द्रमा काम गर्न थालिन् ।

कक्षा ४ मा पढ्दा मिसले गीत सिकाउँदादेखि आफूभित्र संगीत भएको महसुस गरिन स्वस्तिकाले । बिस्तारै स्कुलका शिक्षक, शिक्षिका, साथिहरु र परिवारको साथ, हौसला र प्रेरणाले गर्दा यही क्षेत्रमानै भविस्य बनाउने रहर जाग्यो उन्लाई ।

‘नेपाल आइडल सिजन २’ मा उत्कृष्ट २० सम्मा पर्न सफल भएकी स्वस्तिका ‘नेपाल आइडल सिजन ३’ मा भने उत्कृष्ट १२ मा पर्न सफल भएकी छिन् । घर परिवारबाट साथ सहयोग रहेकोले खुशी स्वस्तिका संगीतमै आफ्नो उज्ज्वल भविस्य खोज्ने प्रयास गर्ने क्रममा नेपाल आइडलको टप १२ सम्मको यात्रा पुरा गरिसकेको र यो यात्रा जहाँ पुगेर रोकिए पनि आफूभित्रको संगीतको प्यास कहिल्यै नमेटिने बताउछिन ।

‘मिस नेपाल’ मात्रै नभएर ‘मिस नेपाल’ लाई नयाँ उचाइमा पुर्याउने र योप्रतिको अवधारणामा नै बिभिन्न किसिस्मले परिवर्तन ल्याउने श्रृंखला खतिवडा जन्माउने मकवानपुरमाथि ‘नेपाल आइडल सिजन ३’ जन्माउने दायित्व आइपरेको छ । मीठो स्वरकी धनी र अत्यन्तै सरल स्वभावकी स्वस्तिकाको भोटिङ कोड १२ रहेको छ र शुक्रवारदेखि खुल्ने भोटिङमा Respect and Rise app मार्फत पनि सहभागी हुन सकिन्छ । हार्दिक शुभकामना यो पटकको नेपाल आइडलको प्रबल दाबेदार संघर्षशिल स्वस्तिकालाई!!!

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेज
Ram Kumar Shrestha’s Post link