रुद्राक्षबारे जान्नैपर्ने कुरा : कुन राशी ले ? कति मुखे रुद्राक्ष कसले, कसरी लगाउने ?

एवम वास्तु परामर्ष सेवा ज्यो. पं – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं – ९८४२२१९७३५

ज्योतिष विज्ञानले अशुभ ग्रहबाट बच्नको लागि विभिन्न मार्गहरु प्रशस्त गरेको छ । शान्ति हवन तथा दान गर्न, विभिन्न खालका रत्न धारण गर्न, रुद्राक्षको धारण गर्न लगायत विभिन्न विकल्प हरु बताएको छ । शास्त्रहरुमा रुद्राक्षलाई अति पवित्र र ग्रह दोषबाट मुक्त हुने अमुल्य रत्नको रुपमा पनि वर्णन गरिएको छ । ग्रह गोचरअनुसार रुद्राक्षको धारण गर्दा लाभदायक हुनेछ । रुद्राक्षको धारणा गर्दा विभिन्न जटिल समस्याबाट पनि मुक्ति पाइने अवस्था आउनेछ ।

कुन ग्रहका लागि कुन रुद्राक्ष धारण गर्दा उपयुक्त हुन्छ ?

१। सुर्य – सूर्यको दोष बाट मूक्ति पाउनका लागि एकमुखे रुद्राक्ष धारणा गर्नु लाभदायक हुन्छ । २। चन्द्र – चन्द्र दोषबाट मुक्ति पाउन दुईमुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ ३। मंगल – मंगलको दोष बाट मूक्ति पाउनका लागि तीनमुखे रुद्राक्ष अथवा एघारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । ४। बुध – बुधको दोष बाट मूक्ति पाउनका लागि चारमुखे रुद्राक्ष धारण गर्न उपयुक्त मानिन्छ ।

नेपाली एक मुखी रुद्राक्ष

५। गुरु – गुरुको दोष बाट मूक्ति पाउनका लागि पाँचमुखे या दसमुखे रुद्राक्ष धारण गर्नुपर्ने उल्लेख छ । ६। शुक्र – शुक्रको दोष बाट मूक्ति पाउनका लागि छमुखे अथवा तेह्रमुखे रुद्राक्ष धारणा गर्नुपर्ने बताइएको छ । ७। शनि – शनिको दोष बाट मूक्ति पाउनका लागि सातमुखे या चौधमुखे रुद्राक्ष धारण गर्नुपर्ने हुन्छ । ८। राहु – राहुको दोष बाट मूक्ति पाउनका लागि आठमुखे रुद्राक्ष धारण गर्नु लाभदायक मानिन्छ । ९। केतु – केतुको दोष बाट मूक्ति पाउनका लागि नौमुखे रुद्राक्ष धारण गर्नुपर्ने बताइएको छ ।

कस्तो योगमा कुन रुद्राक्ष धारण गर्ने ?

१। कालसर्प दोष – आठ एंव नौ मुखे रुद्राक्ष कालो धागोमा राखेर बुधबार या शनिबार धारण गर्ने । २। शकट योग – दुई या दशमुखे रुद्राक्ष सेतो या पहेँलो धागोमा राखेर सोमबार या बिहिबार धारण गर्ने । ३। केमद्रुम योग – दुईमुखे रुद्राक्ष सेतो धागोमा सोमबार धारण गर्ने । ४। ग्रहण योग – सूर्यको प्रभावबाट बन्ने ग्रहण योगको लागि एक, आठ या नौ मुखे रुद्राक्ष रातो धागोमा उनेर आइतबार धारण गर्नुपर्दछ । चन्द्रग्रहणबाट हुने प्रभावबाट जोगिन दुई, आठ या नौ मुखे रुद्राक्ष सेतो धागोमा बनाएर सोमबार धारण गर्नुपर्दछ । ५। मंगलको दोषबाट मुक्ति पाउन एघार मुखे रुद्राक्ष रातो धागोमा उनेर मंगलबार धारण गर्नुपर्दछ ।

रुद्राक्ष कसरी धारण गर्ने ?

रुद्राक्ष पहिरिनुपूर्व केहि प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । यदि प्रक्रिया पुरा नगरे रुद्राक्ष पहिरिएको कारण फल प्राप्त हुँदैन ।सर्वप्रथम रुद्राक्ष पहिरिनु अगाडि रुद्राक्षको जलबाट अभिषेक गर्नु । तत्पश्चात पंचामृतबाट अभिषेक गरि पुनः शुद्ध जलले स्नान गरि शुद्ध हुनुपर्छ । त्यसपश्चात रुद्राक्षको पंचोपचार पूजा गरि शिवलिंगलाई अर्पण गरि धारण गर्नुपर्दछ ।