राजा राजेन्द्रको कमेडी गुल्मीमा, महरालाई समेत छोडेनन एउटा भुल गरे….. (भिडियो सहित)

तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा माघे सङ्क्रान्ति मेलाको अवसरमा श्रद्धालु भक्तजनको घुँइचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे सङ्क्रान्तिको अवसरमा रिडीस्थित कालीगण्डकी नदीमा नुहाउने तथा मेला अवलोकन गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ । माघे सङ्क्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने जनविश्वास छ । चारधाम मध्येको प्रशिद्ध धार्मिक स्थल रुरु रिडीमा माघे सङ्क्रान्ति मेला सुरू भएसँगै नुहाउनेको भिडभाड लाग्ने गर्दछ । माघे सङ्क्रान्तिमा रिडी गएर ननुहाएमा मनोकांक्षहरु पूरा हुने जनविश्वास छ ।

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडीमा माघे सङ्क्रान्तिको अवसरमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुलवश गरेका पाप नष्टसँगै मन शान्तिका लागि रिडी मेलामा आउने गरेको भक्तजनहरुको भनाइ छ । यस क्षेत्रमा प्राचिन समयमा देबदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठूलो भगवानको मुर्ति पनि रहेको छ । त्यहा पौष २९ गते देखि मेला पनि लागेको छ । उक्त मेलामा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहेको छ । हेरौ हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलको यो भिडियो ।