गुल्मी इस्मा गोरु का*ण्ड : धान खाने मुसो चोट पाउने भ्यागुतो, सासुको ह*त्या गरी गोरुलाई दोष (भिडियो सहित)

पौष १७ गते साँझ करिब साढे ५ बजे । ‘मलाई नमारओ, गुहार ! गुहार !’ गुल्मी जिल्ला इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो । उनी हतारिदैँ छिमेकी विकको घरमा पुगिन् । रक्ताम्य अवस्था । अनुहार र टाउकोमा चोट । उनको मन भावविहाल भयो । मसुराले सबपहिले घरभित्र रहेकी कान्छी बुहारी देविलाई बोलाईन् । त्यसपछि गाउँका सबै मान्छे जम्मा भए । गोठमा गोरु फुकेको र गोरु बान्ने ठाउँपछाडी उनी लडेकोले केहिले गोरुले हानेर लडेको अक्कल गरे । तर धेरैले यो कुरा पत्याएनन् ।

सुरुमा घटनाको अनुसन्धान भन्दा उनको उपचारलाई प्राथमिकतामा राखेर उपचारको लागि तम्घास लगियो । तम्घास पनि सम्भव नभएपछि पाल्पा रिफर गरियो । पाल्पामा पनि उपचार सम्भव नभएपछि बुटबल रिफर ग¥र्यो । तर बुटबल लैजाने रकम अभाव भयो । परिवारले कौशिलालाई पुन तम्घास ल्याए । अन्तत भाडा उठाएर भएपनि बुटबल लैजाने भनियो तर कौशिलाको ज्यान गयो । थप घटना हेर्नुहोस यो भिडियो रिपोर्टमा ।