३५ वर्षिय व्यक्तिले १२ वर्षिया बालिकालाई घरमा लगेर यस्तो गर्यो ! १५ दिनपछि बालिका आएर भनेपछि खुल्यो रहस्य

लमजुङको बेशिसहर नगरपालिकामा बालविवहा र जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेशिसहर नगरपालिका वडा नं. ४ का ३५ वर्षिय भिष्मराज परियार रहेको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रवक्ता प्रहरी निरिक्षक बसन्त रानाले जानकारी दिनुभयो । गत पुष ८ गते एक १२ वर्षिया बालिकालाई भिष्मले ललाईफकाई विहे गरि आफ्नो घर लगी जबरजस्ती करणी गरेको आरोप बालिकाका आफन्तले लगाएका छन् ।

बालबिबहा र जबरजस्ती करणीको अभियोगमा सरकारी वकिलको कार्यलयमार्फत म्याद थपी अनुसन्धान भईरहेको लमजुङ प्रहरीका प्रवक्ता रानाले बताउनुभयो ।
यता पिडित बालिकाका आफन्तले बिबहा गराउन भुमिका खेलेको भन्दै एक दृष्टिबिहिन माथि कुटपिट गरेका छन् । बेसीशहर नगरपालिका चिसापानीका सन्त बहादुर परियार रहेका छन् । छोरी फकाएर लगाइदियो भनेर आफुलाई कुटपिट गरेको सन्तबहादुरले आरोप लगाएकाछन् ।