कलेज एम्बेसडरका प्रतियोगिले देखाए प्रतिभा

काठमाडौं । ‘द कलेज एम्बेसडर २०१९’का २० प्रतियोगिले आफूभित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । दरबारमार्ग स्थित भेला दि किचेनमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकला लगायत विषयमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

प्रतियोगिताको यो ११ औं संस्करण हो । यो संस्करणमा ९ केटा र ११ केटी फाइनल स्पर्धामा भिड्दै छन् । उपत्यकाका विभिन्न १५ कलेजका करिब १५० बढी प्रतियोगीले दिएको अडिसनबाट फाइनलका लागि २० प्रतियोगी मात्र छानिएका सफल भएको ग्रीन आर्ट मिडियाका सीइओ प्रविण लाकौरले बताए ।

ट्यालेन्ट राउन्डको निर्णायकमा वेभ म्यागजिनका निर्देशक सन्जिब महर्जन, नेपा डान्स एकेडेमीका निर्देशक रीना महर्जन, द कलेज एम्बेसडरको पहिलो विजेता आस्था पौडेल, मिसेज हेरिटेज इन्टरनेशनल सेकेन्ड रनरअप दुर्गा बिसुराल, फेसन डिजाइनर मेहेश उदास, मेकअप आर्टिस रस्मी श्रेष्ठ लगायत थिए ।

कलेज अध्ययनरत युवायुवतीको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हँुदै आएको प्रतियोगिताको कोरियोग्राफी मिसेस युनिभर्स नेपाल समेत रहेकी अनिला श्रेष्ठको रहनेछ ।

प्रतियोगी मोटिभेसन, स्पिकिङ, डान्स, र्याम्प वाक, पर्सनालाटी डेभलपभेन्ट लगायत बिभिन्न प्रशिक्षण सहित यही माघ ४ गते बत्तिसपुतली स्थित मेरिज लड्समा आयोजना हुने अन्तिम स्पर्धामा उत्रिनेछन् । जसमा प्रतियोगीले शीर्षसहित विभिन्न उपाधि र अवसर पुरस्कारका रुपमा प्राप्त गर्नेछन् ।