झापामा ५ रुपैयामा खाना खान पाउने बिषयमा पूर्व सभामुख सुवास चन्द्र नेम्बाङ्गले यसो भन्नु भएछ (भिडियो सहित)

झापा। ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेकाे गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेकाे एउटा स्टल रहेकाे छ । अगाडी पट्टी केही टेवल र कुर्सी पनि राखिएकाे छ । हाे यही स्थानमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खान पाइन्छ । दमकका युवाहरुले बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका छन्।

उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका हुन् ।इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको हो । अभियानको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहनु भएका लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा किरणले थालनी गरेका छन् ।पूर्व सभामुख सुवास चन्द्र नेम्बाङ्गले पनि यो कुरालाई लिएर केहि कुरा भन्नु भएको कुमार रिले बताउनु भएको छ ,भिडियोमा जस्ताको तस्तै विवरण हेर्नुहोला ।