इशाको अभियानमा डाक्टर महाबिर पुनको लागी १२ लाख भन्दा बढी उठी सकेको (भिडियो सहित)

चर्चित समाजसेवी इशा गुरुङले हालसम्म करोडौ रुपैया दुखी: पिडितलाई सहयोगको पहल गरि सक्नु भएको छ । इशा भनेपछि हजारौ सहयोगी मनहरुले दिल खोलेर सहयोगको हात बढाउने गरेको सर्बबिदितै छ । बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । अब त इशालाई दिएको पैसा पिडितको हातमा पुग्छ भन्ने सबैलाई विस्वास भइसकेको अवस्था छ ।

उनले सामाजिक संजाल मार्फत डाक्टर महाबिर पुन अभियानमा संकलन रकमको जानकारी गराएकी छन । उनी लेख्छिन :

नमस्कार , / मेरो २ हफताको पहलमा हजुरहरू सम्पुरण मनका धनी सहयोगीमनहरू १४३ जना जोडिनु भएको छ , बेलायत भित्र ३१ जना र बेलायत बाहिर ११२ जना हुनुहुन्छ , हजुरहरू बाट संकलित रक़म १२ लाख ६ हज़ार ६९२ रूपिया ( १२,०६,६९२ ) संकलन गर्न सँफल भएको छु , बेलायत भित्र ५ लाख ५६ रूपिया संकलन भएको छ भने बेलायत बाहिर बिभिन्न देशबाट आएको रक़म ७ लाख ६ हज़ार ६३६ रूपिया महाबिर पुन दाइकै राष्टिय अविस्कार केन्द्र खातामा जम्मा भएको छ , यो छोटो २ हफ़्ते पहलमा हजुरहरूको साँथ , आर्थिक सहयोग र सकरात्मक सोचको कदर गर्दै आज बाट मेरो अँभियान बन्द भएको जानकारी गराउदछु , धेरै जना छुटनु भो माफी चाहान्छु,

अन्य अभियान्ताहरु संग जोडिन हु्न विनम्र अनुरोध गर्दछु , बेलायत भित्रको संकलित रक़म पनि नेपाल पुगिसकेको जानकारी गराउदछु ,
अब यो रक़म अधिकारीक तरीक़ा बाट कसरी हस्तान्तर गर्ने बारे पुन दाइ संग सल्लाह गरी जानकारी गराउनेछु ,
फेरी पनि हजुरहरू सम्पुरण लाइ एक मुष्टमा हार्दिक नमन साथै उच्च सम्मान छ मेरो र महाबिर पुन दाइको तर्फ बाट