अन्तरजातीय प्रेम सम्बन्धको परिणाम स् विचल्लीमा सुत्केरी, चन्दा उठाउँदै छिमेकी (भिडियो सहित)

बुटवल । एक त यो चिसो मौसम । त्यसमाथि कोठै अगाडि बडिगाड खोलाको सिरेठो चल्छ चौबिसै घण्टा । एउटा घरको भुँईतलाको कच्ची चिसो कोठाको भुँईमा एउटा गुन्द्रमा सामन्य डसना ओछाएर सुतेकी छन् एउटी सुत्केरी । च्वाँच्वााँ।।।रोई रहेको सुनिन्छ उनकी नवजात शिशु । उनको घर होइन त्यो । मजदुरी गर्दागर्दै बाटैमा सुत्केरी ब्याथा लाग्यो । देख्नेहरुले उठाएर नजिकैको स्वास्थ्य चौकीमा लगे । धन्न धेरै टाढा लैजानु परेन । त्यही उनी सुत्केरी भइन र माथी घरमा खानेकुरा लगायतको सुुत्केरी पोषणको ब्यवस्था खासै केही नभएकोले बजारको एक छेउमा स्थानीयले डेरा खोजेर राखी दिए । त्यस कोठामा पनि खाने कुरा केही थिएन । त्यही बजार वरपरका दिदी बहिनीले आ–आफ्नो घरबाट खाना बोकरे ल्याउँदै उनको जसोतसो विहान बेलुकाको गुजरा चलाई दिएका छन् । कतिपयले नगद चन्दा त कतिपयले मानो उठाउँदै पनि छन् । यो गुल्मीको ईन्द्रगौडा बजारस्थित दलित समुदायकी एक चेलीको बिचल्लीको कथा हो । मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरमा पर्दछ । त्यहाँका सबै समुदाय धनभन्दा बढि मन भएका रहेछन् ।

फलस्वरुपः मंसिर २३ गतेका दिन आँपचौरको अमलावोटस्थित घर नजिकै काम गर्दागर्दै ब्याथा लाग्यो दलित समुदायकी चेली २२ बर्षीया विपना सावतलाई । त्यसपछि उनलाई तल ईन्द्रेगौडासम्मका दिदी बहिनीहरुले भुवाचिदी स्वास्थ्य चौकीमा पुराए । उसै दिन त्यहाँ उनी सुत्केरी भइन् । छोरीको जन्म दिएकी उनलाई तल ईन्द्रेगौडा बजारस्थित शिव सुनारको घरमा कोठा खोजेर राखिएको छ । सुत्केरी हुनको पहिलो दिन ज्वानाको झोल  सँग भात खाएकी हुँ । सुत्केरी भएको आज ९ शनिवार १६ औं दिनको विहान घरबेटीले कुखराको मासुसित ल्याई दिएर भात खाएँ, ’ विपनाले भनिन् , ‘ यसअघि दुई छाक बाख्राको र दुई छाक कुखराको मासुसँग भात खाएँकी थिएँ ।’ बाँकी भिडियोमा हेर्नुहोस । सहयोगको लागी पत्रकार महेश बोहरा मोबाईल नम्बर ९८४७३८९११५