नेता, देश र बिकाश

आर्यन सिके – हाल अबु धबी – संयुक्त अरब इमेरेट्स,

२५० बर्षमा ३८ जना प्रधानमन्त्रि त्यो पनि एउटै व्यक्ति पटक पटक गरेर पाइसकेको हाम्रो मुलुक अझै पनि जनताका मुलभूत तथा आधारभूत मौलिक अधिकार बाट बन्चित छन् । हामीले हेर्दा हेर्दै जंगल बस्ने र भाडामा बस्ने नेताहरु र आफन्तको जिबनकहाँ बाट कहाँ पुगी सकेको अवस्थामा जनताको स्थितिमा भने झन् दिनहु बिजोग हुने गैरहेको छ त्यसो त खाडी मध्य पूर्व देशहरुमा सजिलै जान सकिने भएर पनि आफ्ना आधाभुत जरुरत हरु पुरा गरि रहेका छन् ।

अनि आज भन्दा लगभग ५ बर्ष अगाडी भएको प्राकृतिक प्रकोप भुकम्पका प्रभाभितहरुको आज सम्म पुनर्निर्माण तथा सहि ब्य्बस्थान हुन नसक्नु हरेक बर्ष बर्षा याममा उनीहरुको बिजोग अनि चिसो मौसम उनीहरुको आपतविपतका खबर आउनु एकदम दुखको कुराहो । चुनाब आय गए नया चयनित नेता भए सरकार बन्यो तर जनताका मुद्दा सधै पछि परि नै रहे । अहिलेको सरकारको पनि ३ बर्ष बितिसक्दा कुनै पनि जनतालाई राहत हुने किसिमका ठोस कार्य नीति नियम बन्न नसकेर कार्यान्वयन नहुनु झन् सरकारको निकम्मा लाचारी पनको ज्वलन्त उदाहरण हो।

न कागजमा नीति नियम कानुन बन्नु, न जमिनमा केहि काम हुनु, न राष्ट्रिय गौरबका योजनाहरु बन्नु, न भ्रस्टाचार नियन्त्रण, न विकास न बजारमा भैरहेका मनोमानी महंगीमा नियन्त्रण, न बलात्कार हत्या जस्ता जघन्य अपराधमा कम हुनु, दिनानुदिन भैरहेका सडक दुर्घटना नियन्त्रणमा उचित कदम नलिनु शिक्षा स्वास्थ्य क्षेत्रको ब्यापारीकरण बढ्नु कृषिप्रधान देशको स्थितिमा किसानले न सहयोग, लागत मलजल ,औषधि र आधुनिक उपकरण मा कुनै राहत छ तेती भैसके पछि पनि बजार ब्यबस्थापन झन् कम्जोर भैरहेको अवस्थामा सरकारका मन्त्रि र कर्मचारीहरु भने मुकदर्शक भएर भत्ता, तलब सुविधामा मस्त छन्।
आज दुनिया कहाँ बाट कहाँ फड्को मारी सके हाम्रा नेताहरु अझै क्रान्ति बलिदान तपस्याका कुरा गरेर जनतालाई मुर्ख बनिरहेका छन् ।

सच्चा देशको सपुत तथा नेताहरु दुरदर्शी, इमान्दार, जनता र नेपाल आमाप्रती बफादार हुन सकेनन्। भाषणमा सिमित भय । काम गर्ने चाहना राखेनन् र जुन देशमा धर्म, जात, क्षेत्रको आधारमा राजनिती गरिन्छ त्यहाँ कदापी असल नेता र विकास र उन्नत नेपालको परिकल्पना पनि गर्न सकिदैन। अर्को कुरा यो देशमा कोहि पनि त्यस्तो नेता देशले पाउन सकेन जस्ले आफ्नो नातावाद र कृपाबाद जस्तो मानसिकता त्यागेरा इमान्दार, लगनशील, उत्तरदायि प्रतिबद्धता र जोशिलो कर्मयोद्धालाई अघी सार्न खोजेनन। सत्ता भोगी मात्र भए । भ्रस्टाचारलाई प्रसय दिए । तर, । सहि काम गर्ने चाहने उदयमान राजनिती नेता तथा कर्मचारीहरुलाई विभिन्न आरोप लान्छना लगाउदै गैर लोकतान्त्रिक तरिका र गुन्डागर्दीको भरमा पदबाट हटाइयो। गणतन्त्रको नाममा घिनलाग्दो राजनितीप्रबिधि ,भ्रष्टाचार, प्रतिशोध मात्र पूर्णरुपमा हाबी भयो । देशलाई धर्म जात र पार्टी भन्दा माथि उठेर काम गर्ने नेताको कमि नै अहिलेको अवस्थाको मुख्य कारण हो ।

विश्वव्यापी राजनीतिकलाइ अहिले नियालेर हेर्ने हो भने हरेक देशका प्रगतिमा त्यहाका शासक र नेताहरुको आचरण हरुबाट छोटो समयमा आमुल परिबर्तन भैरहेका छन् जस्तै उज्बेकिस्तानलाई “देश बर्ष २०१९” को नाम दिइएको छ। ३ बर्ष अघि यो देशमा चरम तानाशाही भएको थियो जहाँ सरकारका आलोचकहरूलाई जिउदै पानिमा उमाल्ने गरिन्थ्यो , विदेशी तथा स्वदेशी मिडिया माथि रोक थियो, जनतालाई दासत्व जिबन सामान्य थियो। जब तानाशाहको मृत्यु भयो, नयाँ प्रधानमन्त्रीले त्यो सबै क्रियाकलाप माथि प्रतिबन्धित गरे फलस्वरूप अहिले ३ बर्षमा यदि ठुलो फड्को मार्न सफल भयो ।

त्यसैगरी संसारका सबै भन्दा शक्तिशाली अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले अधिकार दुरुपयोग गरेबापत् महाभियोग प्रस्ताव पारित भएको छ । पाकिस्तानले पूर्वराष्ट्रपति परवेज मुशरफ लाइ मृत्यु दण्डको फैसला सुनाएको छ। के हाम्रा नेताहरु माथि सम्संदमा गलत कार्यको बिरुद्द आवाज उठाएर एस्ता अभियोग लगाएर जनतासामु नंग्याउने साहस र आट छ । तथा देशद्रोही तथा देशलाइ चुसेर खोक्रो बनाउने भ्र्स्टचारि बिरुद्द कडा भन्दा कडा कानुन पास गर्ने सक्छन आगामी दिनमा विचार गर्ने बिषय हो ।