हेर्दा हेर्दै बे होस बनाउने जादु, मान्छे का टेर दुई टुक्रा पार्दिन्छन्, मन सम्हालेर हेर्नुहोस् (भिडियो)

लमजुङमा करिब ३० बर्ष अघि जन्मीएका डेभिड बिक अहिले पोखराका चल्ताफुर्ता जादुगर हुन् । बिशेषत पोखराको लेकसाईडमा देख्न सकिने डेबिड पछिल्लो समय जनमानसमा लोकप्रिय छन् । उनले बिभिन्न किसिमका जादु देखाएर मानिसहरुलाई मनोरंजन दिने गरेका छन् । करिब १३ बर्षको उमेरमा काठमाण्डौंमा घडी बेच्दा बेच्दै जादु सिकेको बताउने डेबिडले यो स्थानमा आउनको लागी धेरै संघर्ष गर्नुपरेको अनुभव सुनाए । मुसल्मानको पछि लागेर हिड्दा धेरै दुःख र कष्टका साथ जादु सिकेको र सिकेपछि झन जाँदुका लागि चाहिने सामान किन्न नसकेको दुखेसो समेत पोखे ।
पोखरामा जादु देखाउने मानिसहरुको कमी छ । जम्मा तीन जनाको संख्यामा रहेका जादुगरहरु बिशेषत सडकछेउ र मेला महोत्सवमा आफ्नो प्रहसन राखेका हुन्छन् । डेबिड पनि यस्तै छन् । सडकपेटी कहिले रेष्टुरेन्टमा आफ्नो कला कौशल देखाएर परिवार पाल्दै आएका छन् । पछिल्लो समय जादु देखाउनेहरुलाई हेर्नेदृष्टीकोण फरक परेको र गालीगल्यौज सम्म गर्न पछि नपर्ने हुँदा आफूहरुलाई दुःख लागेको बताए । प्रहरी प्रशासनले पनि बेलाबेलामा दुःख दिने गरेको उनेको गुनासो थियो । मान्छे काट्ने देखी तास र पैसा सम्मको जादु उनले देखाउँछन् । अरु जादुगरको भन्दा फरक शैली र फरक जादु देखाउन मन पराउने डेबिडको यो प्रतिभा हेर्नुहोस् ।