“हेल्लो सोल्टिनी” गायक राज लिम्बुको आवाजमा भिडियो सहित ।

नेपाली गीत संगीतमा राम्रो सम्भावना भएका गायक राज लिम्बुको आवाजमा सजिएको निकै रमाइलो “हेल्लो सोल्टिनी”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको भावमा आफनी सोल्टनीको मायामा फसेका राजको गीतमा आफनी प्रेमीकाको ब्यावहारबाट निकै प्रभावित भएको कुरालाई गीतमा समेटिएको छ ।

गीतमा प्रेम र रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकाको हाउ भाउ र शरिरको बनावटबाट निकै प्रभावित भएको कुरा लाई गीतमा उनले लेखेका छन । गीतमा राज लिम्बु स्यमको शब्द तथा संगीत रहेको छ । तिलक रिजालको छायाँकन तथा सम्पादन तथा प्रेम भारतीको नृत्य तथा निर्देशन भिडियोमा रहेको छ । “हेल्लो सोल्टिनी”गीतको भिडियोमा ओसन र सौरभको अभिनय रहेको छ ।

“हेल्लो सोल्टिनी”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।