दलित भन्ने थाहा पाए पछि घरबेटीले पानीको धारा नै बन्द गरिदिए |

काठमाडौ । जातीय बिभेदको दरिलो अड्डा नै बनेको छ काठमाडौ । सुन्दा पनि अचम्म लाग्छ , बिश्वास पनि कसरी गर्नु सभ्य समाज भित्रको सभ्यताको पाठ सिकाउने शिक्षक जसले हजारौं विद्यार्थीलाई सभ्यताको पाठ सिकाउछ्न् । तर त्यही शिक्षकबाट आफ्नै घरमा भाडामा राखेको एउटा एकल नारीलाई सानो जात भन्दै जातीय विभेद र अपमान गर्छन् उनी मात्र नभई उनको श्रीमतीले पनि । घटना यस्तो थियोे :-नुवाकोट कबिलास स्थायी घर भएकी रिता बिक लामो समय काठमाडौमा काम गरी बसेकी छिन ।

चार बर्ष पहिले जिन्दगी भर साथ दिने श्रीमानले अर्को बिवाहा गरि छोडे दुई छोरीकी आमा रिताको साहारा नै टुटे पछि काठमाडौका विभिन्न ठाउँमा ज्याला मजदुरी गरी आफ्नो जिबिकापार्जन गर्न थालिन् । आफ्नै श्रीमानबाट शारीरिक र मानसिक हिंसा भोग्दै दु:ख गरि बसेकी रिता बिगत तीन महिना देखि बानियाँटार वडा न .१० मा ..मधु थापाको घरमा मासिक ५ हजारमा एउटा कोठा भाडामा लिएको थिइन् ।

कहिले ज्यामी काम त कहिले पेन्टिङको काम गर्ने गर्थिन । बस्दा घरबेटीले अग्रिम भाडा दिने भने पनि आफुले काम गर्दा कहिलेकाहीँ ढिला हुने गर्थ्यो तर महिना पुगे पछि भाडा तिरे कै थिएन रिता बताउछिन् उनिहरुलाइ सङ्का लागेछ क्यारे आजभन्दा एक महिना अगाडि मेरो नागरिकता मागे मैले दिए । नागरिकतामा रिता बिक लेखेको थियोे उनिहरुले जब मेरो जात थाहा पाए त्यस पछि मलाई त सानोजात , कमिनी भन्दै तुरुन्तै कोठा खाली गर् होईन भने हाम्रो कोठामा चाबी लगाउछौ भन्दै थर्काउन थाले ।

पानी भर्ने टुबेलको धारामा चाबी लगाइदिए । घरबेटीले एक बाल्टी पानी मात्र आफैले चाबी खोलेर दिने अनि चाबी लगाइदिने , सिढिमा हिडदा समेत त सानो जात यहाँ नहिड भन्ने गर्न थाले । यतिमात्र नभई मेरो कोठामा मेरो बुवा , दाइ आउँदा समेत गाली बेइज्जत गरी किन ल्याएको भनी गाली गरे । मेरो आफ्नो दाइ आउँदा समेत सुन्नै नसकिने आरोप लगाए , मलाई अति नै भए पछि मैले आफू माथी भएको अन्याय र बिभेदको विरुद्ध नयाँ बसपार्क नजिक प्रहरीबृतमा निबेदन दिएकी हु । – थाहा अनलाइन