पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर २२ गते आईतबारको राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल मंसिर २२ गते आईतबार ई. सं. २०१९ डिसेम्बर ८, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष शुक्लपक्ष एकादशी तिथी, अश्विनी, चन्द्रमा मेष राशीमा। वरियान योग, बव करण। नेपालमा, सूर्योदय बिहान ०६ः४३ बजे, सूर्यास्त साँझ ०५ः०७ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि मेष हुन्छ। आजको पर्व तथा दिन– मोक्षदा एकादशी व्रत, गीता जयन्ती रहेको छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –बाह्रौं घरमा चन्द्रमा भए पनि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग देखिनेछ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ र रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धनलगानी हुनसक्छ । छरछिमेकी वा साथीभाइले कुनै महत्वपूर्ण काममा सहयोग गर्नेछन् । तपाईको दार्शनिकता र विचारलाई सबैले सराहना गर्नेछन् । खर्च बृद्धि हुने समय छ, तर समुचित स्थानमा धनव्यय हुनेछ । परोपकारमा चित्त जानसक्छ वा अस्वस्थ रहेका वा अप्ठ्यारामा परेका आफन्तको सहयोग गर्दा धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिक र प्राज्ञिक उन्नयनको प्रयास सफल हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –सामाजिक सम्बन्ध सुदृढ हुनेछ । कर्मक्षेत्रमा व्यस्त रहनु पर्ने दिन छ । पठनपाठनमा समय दिन सकिंदैन । प्रतिस्पर्धामा विजयी भइने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न सकिंदैन । पेसा÷व्यवसायमा भनेजस्तै लाभ मिल्नेछ । आर्थिकपक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जेगरे पनि फाइदा नै छ । मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय दिनुपर्ने छ । मान्यजनको सद्भाव मिल्नाले आत्मबल तथा प्रतिष्ठाबृद्धिमा सहयोग पुग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय भएकाले दिक्क लाग्नसक्छ, संयम र लगनशील हुनुपर्छ, अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउनाले दैनिक कामकाजमा असर पर्नसक्छ वा गर्नैपर्ने कुनै काम रोकिन सक्छ । आज धननिवेश गर्नु र साक्षी÷जमानी बस्नु हुँदैन । अनाहकमा अरुले गरेका गल्तीको सजाय पनि आफैले भोग्नु पर्ने हुन्छ । यात्राबाट फाइदा छैन, त्यसैले धेरै टाढा जानु हुँदैन, चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको नै राम्रो हो, नत्र साथीभाइ टाढिन सक्छन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता बढे पनि नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुन्छ । विद्यार्थीका लागि आज थोरबहुत सकारात्मक दिन नै रहने छ, तर आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । सन्ततिका लागि भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा केही धनराशि खर्च हुने सम्भावना छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । भोगविलासप्रति आशक्ति बढ्न सक्छ वा कुनै तिर्सना जाग्नाले मन विरक्तिन सक्छ, सचेत रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –मनमा किसिमकिसिमका भावना पलाउने छन। मनलाई पापमतिमा जान दिनु हुँदैन । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । घरायसी खर्चमा बृद्धि हुनेछ । शरीरमा अल्छीपना र आलस्य जाग्नेछ । धन निवेश गर्नु ठिक छैन । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । परिवारजनमा असमझदारी बढ्नेछ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –समाजमा साख बनाउने उपयुक्त समय छ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –अचल सम्पति बेचबिखन गर्ने वा दीर्घकालिक लगानी गर्नु फाइदाजनक नभए पनि दैनिक कारोबारबाट फाइदा नै हुनेछ । आम्दानीमा कमी आउने छैन तर प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, जान्नेबुझ्नेको राय लिनुपर्छ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे तापनि तिनलाई समाधान गर्न सकिने छ । झिनामसिना काममा समय र धन खर्च हुनेछ । सहयोगीको साथ पाइने छैन, व्यस्त रहेर समय यापन हुनेछ । विदेशबाट सुखद समाचार आउने छ ।