भोइस अफ नेपालका बिकाश फ्यानको घेरा बाट निस्कन हम्मे पर्यो , फ्यानले बोकेर बाटोमा कुदाउदा यस्तो भयो (भीडियो सहित)

झापा । भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल बिकाश लिम्बु झापा आएका छन् । झापा बिर्तामोड निवासी बिकाश लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन ।सधै राम्रो गाउने बिकाशको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले बिकाशलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन ।

बिकाश लिम्बु आज झापा बिर्तामोड आएका छन्। उनलाई स्वागत गर्न विमानस्थलमा उनका धेरै फ्यानहरु उपस्थित भएका थिए । बिकाश लिम्बुलाइ उनका फ्यानले उचाल्दै नारा लगाएको दृश्य तल भिडियोमा हेर्नुहोला । यति धेरै माया देखेर बिकाश भाबुक भएका छन् । उनले सबै आफ्ना समर्थकहरुलाई यो भिडियो मार्फत धन्याबाद पनि दिएका छन् । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।