बिचरा ! भाइरल जोडी पुजाको भित्री पिडा त अर्कै रहेछ ,आफ्नै दाजुले गरेको हेला सम्झेर उनका आँशु रोकिएनन (भिडियो सहित)

झापा, दमक । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध ।

उता युवतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन । हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । अहिले ६७ बर्षिय बाजेको जेठो छोरा बिरामी भएर बिर अस्पतालमा राखिएको छ । उनीहरुले आफ्नो छोरालाई उपचार गर्न सबैलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । सहयोगका लागि ९८११३५६३७४ मा सम्पर्क गर्न सक्नुहुनेछ । ६७ बर्षिय बृद्ध संग बिबाह गरेकी पुजाको भित्री पिडा त बेग्लै रहेछ । उनका दाजुले उनलाई धेरै हेला गरेको बताउदै डाको छोडेर रोएकी छिन् , तल भिडियोमा बताएकी छिन् ।