६७ बर्षिय बृद्ध संग बिबाह गरेकी २१ बर्षिय युवती धुरु धुरु रुँदै मिडियामा आइन , गोप्य कुरा यस्तो रहेछ (भिडियो सहित)

झापा । पछिल्लो समय धेरै नै उमेर अन्तरका वृद्ध र युवती बिचको बिबाहले सामाजिक संजालमा तहल्का पिटिरहेको छ । जताततै उनिहरुकै चर्चा चुलिदै गएको छ । धेरैले माया प्रेममा उमेरले छेक्दैन भनेका छन भने धेरैले सम्पतिका लागी ती २१ बर्षकि युवती ६८ बर्षका वृद्धसंग बिबाह गरेर आएकी भनेका छन । बास्तबमै सबैलाई यस्तो लाग्नु स्वाभाविक नै हो । तर उनीहरुलाई गहिरिएर बुझ्दा भित्री रहस्य भने अर्कै पाइयो । सम्पतीका लागि ती युवती भन्ने लागेकालाइ पनि अचम्म लाग्ने बास्तबिकता रहेको छ ।

वृद्धका घरमा दुई छाक खान लाउन पनि पुग्ने सम्पती छैन । धेरै नै गरिबीमा परेका वृद्धले आफ्ना नाती नातिनिको बिजोक देख्न नसकेर बिबाह गर्नुपर्ने बाध्यता भएको बताए । घरमा कोहि काम गर्ने नभएपछी वृद्धले नै सबै थोक गर्नुपर्ने बाध्यता थियो । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन । हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । उनिहरुले आफुहरुलाइ सहयोग गर्न अपिल समेत गरेका छन । सहयोगका लागि ९८११३५६३७४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।