‘डि विन्टर फेस्ट-२०१९’को ग्राण्ड अडिसन आउदो सनिवार हुदै

ईटहरी/ पछिल्लो समय फेसन शो गर्नेहरुको होडबाजी चलिरहेको छ । ईभेन्ट कम्पनी खडा गरेर विभिन्न कन्सेप्टमा नया प्रतिभाहरुलाई स्थान दिने मुल उद्देश्य सहित गरिने यस्ता केहि शोहरु बिवादमा आउने गर्दछन । तर, राम्रो उद्देश्य बोकेर ईभेन्ट गर्नेहरुले वाहवाही पाईरहेको उदाहरण पनि हाम्रै अगाडि प्रसस्तै छन् । पछिल्लो समय एल एन्ड एन मोडल एजेन्सी पनि राम्रो ईभेन्ट गर्ने कम्पनी मध्येमा पर्छ ।

कम्पनिले विभिन्न फेसन शोहरु गर्दै आईरहेको छ । फेसन शोमा नेपाल टुरमा निस्केको सो एजेन्सी ले हाल नेपाल टुरलाई रोकेर काठमाडौमा एक एभेन्टको तयारी गरिरहेको छ । “डि विन्टर फेस्ट २०१९” नाम दिइएको उक्त फेसन शो एल एण्ड एन ले गरेको दोश्रो सिजन हो ।

कम्पनीले आउने सनिवार अर्थात कार्तिक ३० गते सो ईभेन्टको ग्रान्ड अडिसनको तयारी गरिएको छ । काठमाडौको सातदोबाटोस्थित उनिभर्सल क्याफेमा सो ग्रान्ड अडिसन गर्न लागिएको कम्पनीका म्यानेजिङ डिरेक्टर रोमियो एनके ले जानकारी गराए । बिहानको ११ बजेदेखि सुरु हुने अडिसनमा युवा युवती तथा बिवाहित अबिवाहित दुबै वर्गले सहभागी हुन पाउने छन् ।

सहभागी हुनेले फारम शुल्क बापत १ हजार बुझाउनु पर्नेछ भने अडिसनबाट छनौटमा परेकाहरुलाई फ्रीमा तालिम साथै मेकअप, मोटिभेसनल, हेल्थ तथा दन्त चेकअप लगायतका कक्षा संगै युएसएकि कास्यीबाट फ्रीमा योगाको कक्षा पनि दिइनेछ । यस्तै फोटोशुट तथा प्रोमो भिडियो पनि छनौटमा परेकाले फ्रीमा पाउने रोमियोले जानकारी गराए ।