काए प्रजापतिले २०१९ विश्व ITF जूनियर तेक्वान्दो खेलमा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक हात पार्न सफल।

वेलायत, स्कटलैण्डको एडिनबरामा बस्दै आएका १२ वर्षे, काए प्रजापति, राधा प्रजापतिका सुपुत्र द्वारा हालै सम्पन्न भएको बिश्व IFA जूनियर तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै दोस्रो स्थानमा रहि रजतपदक प्राप्त गर्न सफल भएको छ।
काए प्रजापति (१२ बर्ष), यस तेक्वान्दो खेल संयुक्त राज्य तेक्वान्दो निगम (UKTC) संग आफु ५ वर्षको उमेर देखि यस खेलको अभ्यास गर्दै रातो बेल्ट (रेड बेल्ट, कालो बेल्टको एक स्तर मुनि) हासिल गरिसकेका छन्। काए प्रजापति यस तेक्वान्दो खेल एक सप्ताहमा (सोमवार र बुधवार) आफ्नो समयको ४ घन्टा यस खेलमा लगनशीलताका साथ आफ्ना विभिन्न वरिष्ठ प्रशिक्षकहरू सँग अभ्यास गर्दछ। काए प्रजापति को यस्तो अभ्यास र लगनशीलताको मुल्यांकन UKTC गरेको अध्यक्ष पिटर हर्केस (Peter Herkess), जो तेक्वान्दो खेलको ९ डान र उहाँको पुत्र मार्क हर्केस (Mark Herkess), ६ डान द्वारा नजिक बाट गरिएको थियो।
बुवा राधा प्रजापति स्वयं यस तेक्वान्दो खेलको १ डान ब्ल्याक बेल्ट रहेको र आफ्नो बुवा राधा प्रजापति संग यस खेलको सीप र टेक्निस् हरूको अभ्यास पनि गर्दै आएका र बुवा बाट सहयोग र उत्प्रेरणा रहेको काए प्रजापति बताउँछ।
काए प्रजापतिको तेक्वान्दोको उत्कृष्ट अभ्यास र प्रदर्शनका कारण हाल भएको “२०१९ विश्व ITF तेक्वान्दो परिषद” द्वारा आयोजित १ तारिख देखि ३ तारिख नोभेम्बर २०१९ मा भएको प्रतियोगितामा चयन भएका थिए। काए प्रजापति द्वारा दुवै स्कटल्याण्ड र नेपालको प्रतिनिधित्व गर्दै यस बिश्व जूनियर (१० देखि १३ वर्ष मुनिका) च्याम्पियनसिप प्रतियोगिताको प्रतिस्पर्धामा भाग लिएका थिए।
काएले आफ्नो यस खेलको कुशल नमुना तथा उत्कृष्ट प्रदर्शन, विशेष प्रविधी र स्प्यारिंङको कौशल श्रेणी देखाइ प्रतिस्पर्धामा खरा उत्रेका थिए।
काएका आफ्नो मनपर्ने श्रेणी स्प्यारिंङ (sparring) रहेको र यस प्रकार खेल प्रतियोगिताको लागि प्रतीक्षा रहेको कुरा बताउंछ। काएको क्वार्टरफाइनलमा प्रवेश पछिको स्प्यारिंङ (sparring) श्रृंखला क्रममा जहाँ उनको बाँया खुट्टा घाइते भएका थिए। तर पनि आफ्नो खेल प्रतिको समर्पण र प्रतिबद्धतालाई अघि बढाई आफ्नो उच्च प्रदर्शन गर्दै आइरिस र इंङ्लिस खेलाडीलाई पछि पारि फाइनल चरणको खेल सुरक्षित राख्न सफल भएका थिए। आफ्नो अन्तिम खेलमा जहाँ घाँटी घाँटी (neck to neck) संगको प्रतिस्पर्धामा स्कटिस् खेलाडी संग आफ्नो जित्ने प्रबल सम्भाव्य कम भएको थियो र फाइनल चरणको खेलमा पराजित भइ दोस्रो स्थान भई आफ्नो पहिलो विश्व च्याम्पियन तेक्वान्दो प्रतियोगिता २०१९ मा रजत पदक हासिल गर्न सफल भएको छ।
उनको यो क्षमतालाइ अझ माथि पुराएर यो देशको नाम विश्व सामु चिनाउने उद्देश्य रहेको छ र यस सफलताको लागि नेपाल र सम्पूर्ण नेपाली समुदाय तथा स्कटलैण्ड गौराम्बित भएको छ साथै आगामी दिनमा पनि यस्तै आफ्नो देशको नाम उच्च राख्न सफलता को कामना गर्दछौं ।

एडन्वरा, स्कटलैण्ड – बिजय डंगोल