८० लाख बिदेशिएका नेपालीलाई सम्झिदै भक्कानिए ज्ञानेन्द्र शाहीको , रेणु दाहालकै गरे अर्को पर्दाफास (भिडियो अन्तर्वार्ता)

काठमाडौं – नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले लोेकतन्त्र मास्ने गतिविधिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’कै संलग्नता रहेको बताएका छन् ।

सुत्र टिभीको ‘सुत्र बहस’सँगको कुराकानीमा शाहीले अहिले नेकपाका कायकर्ताहरु अराजक भएको बताउँदै गुण्डागर्दी शैलीमा पटक–पटक आफूहरुमाथि आक्रमण भएको बताए ।

‘हामी सरकार र व्यवस्था विरोधी हैन तर, संविधान विरोधि तत्वहरुविरुद्ध हो । विधिमा काम गराउन र सरकारलाई कानूनी दयरामा ल्याउने अभियानमा लागेका हौं ।’

उनले देशमा भ्रष्टाचार मौलाईरहेका कारण नेपालका लागि नेपालीले पञ्चायतदेखि अहिलेसम्म भएको भ्रष्टचारको छानबिन गर्ने उनको भनाई छ ।

शाहिले भ्रष्टाचार विरुद्ध प्रत्येक व्यक्ति जाग्नु पर्ने बताए । देशमा प्रत्यक्ष जनताद्वारा चुनिएको व्यक्ति सरकारमा रहनु आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

केही समयअघि शाहीमाथि चितवनमा युवाहरुको समूहले आक्रमण गरेको थियोे ।