चिन र भारत बिच भएको लिम्पियाधुरा ब्यबसायिक सम्झौता खारेज गर्न चुक्छ कि चुक्दैन नेपालसरकार

राम चन्द्र गौतम
(अध्यक्ष – सिमा रक्षाका लागि युवा अभियान )

नेपालमा चीनका राष्ट्र प्रमुख सी चिनफिङको महत्वपूर्ण भ्रमणले नेपालका लागि अवसर र धेरै समय सम्म रोकिएको भ्रमन सुचारु हुनुनै सबल पक्ष मान्न सकिन्छ ।

यसै सन्र्दभमा नेपालले धेरै कुरामा सजग र चनाखो रहेर नेपालका हितका लागी हुने विभिन्न खालका सन्धी सम्झौता गर्न सक्दछ ।व्यापार ब्याबसाय, रेल मार्ग ,जलमार्ग, थप हवाई मार्ग, ठुलठुला जलविद्युतमा लगानी, लगाएत धेरै भौतिक विकासका पक्षमा नेपाल सरकारले यो भ्रमणलाई सदुपयोग गरेर सम्झौता गर्न सक्दछ । अहिले नेपाल सरकारले यहि विषयलाई लिएर तयारी गरिरहेको अवस्थामा नेपाल सरकारले गर्नै पर्ने महत्वपूर्ण कुरामा भने चुक्छ कि भन्ने भान लागिरहेको छ । त्यो विषय हो नेपाल र चीन बिचको जोडिएको भू–भागमा भएका समस्या, मिचिएको भुमिको समाधानको सन्र्दभमा साथै अर्को महत्वपूर्ण विषय भारतका प्रधानमन्त्री नरेन्द्र मोदि र चीनका राष्ट्रप्रमुख सी चिनफिङवीच ठाडो हस्तक्षेपमा नेपालको भूमि प्रयोग गर्ने गरि २०१५ मे १५ तारीखका दिन दुई देशविचको विभिन्न सम्झौता मध्यको सम्झौता पत्र बुदाँ न. २८ मा नेपाली भूमि लिपुलेक लिम्पियाधुरा भू–भाग जुन नेपालको पर्दछ त्यसलाई प्रयोग गर्ने गरी व्यावसायिक सम्झौता भएको छ ।

नेपाललाई कुनै जानकारी नदिई सम्झौता गरिएको छ त्यो नेपालको सार्वभौमसात्ता, नेपाल र नेपाली माथी नै आँच आउने काम गरिएको थियो । त्यस विषयमा नेपाल सरकार कत्तिको चिन्तित छ यो भ्रमणमा ? यो महत्वपूर्ण विषय उठाईन्छकी उठाईन्न यो नै महत्वपूर्ण कुरा हो । नेपाल सरकारलाई त्यस विषयमा कत्तिको चिन्तित तुल्याएको रहेछ नेपाली जनताले परीक्षा गर्ने बेला आएको छ । यसमा परराष्ट्र मन्त्रालय कत्तिको सक्षम हुनेछ यो विषयमा चासो राख्नु नै गहन कुरा हो । यी विषयहरुमा भ्रमणले प्रस्ठ्याउने छ । साथै त्यो बुदा खारेज गरि नेपाल सहितको नेपाल–चीन–भारत सहित तृदेशिय ब्यबसायिक सम्झौता गरिनु पर्दछ। त्यो नेपाल भारत र चिनलाई पनि फाईदा हुने देखिन्छ त्यसैले नेपाल सरकारले यो विषयलाई प्राथामिकता दिनु आवश्यक छ । नेपाल माथिको ठाडो हस्तक्षप रोक्नु पर्दछ, नेपाल पनि आफ्नो भूमि जोगाउन सक्षम छ भन्ने सन्देश प्रवाह गर्न जरुरत छ हैन भने नेपाल सरकारले चीनलाई रिजाएर या भारतलाई रिजाएर जुनसुकै सम्झौता गरेपनी यो नेपाली माथीको अपमानले गुमेको स्वाभिमान कुनै सम्झौताले पूरा गर्न सक्दैन पुर्खाले त्यही खुकुरिको भरले विश्व हल्लाउन कामाउन सकेको स्वाभिमार यहाँ आएर गुम्न्ने छ ।

ती नेपाली पुर्खाको बलिदान त्याग र स्वाभिमानको धाज्जी उडाईनेछ आझ कुनै बिलासी अनि बिकसितको नाममा ईतिहासको बाजीमारे सरह हुनेछ जुन नेपाली जनतालाई सधै लज्जीत बनाउनेछ हो यो विषयमा नेपाल सरकारले चिनियाँ प्रमुख समक्ष राख्नु पर्दछ । त्यो बुदा हटाउन लगाईनु पर्दछ अनि मात्र यो भ्रमणको औचित्य रहनेछ । अन्य कुरामा सम्झौता गरेर कुनै नेपालीको घाउमाथी मलम लगाउन सकिन्न त्यसैने त्यो चीन र भारतवीच सन २०१५ मे १५ का दिन बुदा न. २८ उल्लेखित नेपाली लिपुलेक लिम्पियाधुरालाई प्रयोग गरि छोटो दुरिको व्यवसायिक नाका बिस्तार गर्न सम्झौता गरिएको छ । त्यो अविलम्ब हटाउन चीनका राष्ट्रप्रमुख समक्ष प्रयत्न गरोस् चीनले आफ्नो तर्फबाट बाटो बिस्तार गर्दै आईरहेको छ भने भारततर्फ पनि त्यस्तै बाटो लिम्पियाधुरासम्म ल्याउने काम भैइरहेको छ त्यसलाई अबिलम्ब रोकि तृदेशिय सम्झौता नेपालले आफ्नो भुमी मिचिनबाट जोगाओस र त्यस भुभागबाट नेपालले यो भ्रमणबाट फाईदा लिन सकोस सुभकामना दिन चाहान्छु ।

साथै चीनतर्फबाट सगरमाथाको आरोहण गर्ने कार्य दिनानु दिन बढ्दै गइरहेको छ ।त्यसलाई मध्यनजर गरेर नेपालले पनि त्यस विषयमा ध्यान दिन जरुरत छ । सगरमाथाको चुचुरो चीनतर्फ नभईकन नेपाली भू–भाग पर्ने भएकोले त्यसमा पनि चीनबाट आरोहण गर्ने आरोहीबाट नेपाल सरकारले पनि लाभ लिनु पर्दछ त्यसो गरेमा नेपालको अर्थतन्त्रमा केही टेवा पुग्ने देखिन्छ । नेपाली भुमिमा प्रवेश गर्दा समथर भू–भाग होस् या सगरमाथाको चुचुरोमा होस् नेपालमा पाईला राख्न साथ नेपाललाई कर तिर्ने व्यवस्था मिलाईएमा फाईदा पुग्नेछ । जल मार्ग, रेल मार्ग जलविद्युतमा केन्द्रित भन्दा पनि नेपाल र नेपालीमाथी आँच आउने विषयमा मुख्य ध्यान दिन जरुरत छ यस भ्रमणलाई राष्ट्रिय स्वाधनिता र स्वाभिमानमा केन्द्रित रहेर प्रस्तुत हुन नेपाल सरकारलाई सुझाब सहित आग्रह गर्न चहान्छु।