स्कटल्याण्डको इडन्वरामा नेपालको महान चाड बडा दशै २०१९ भव्य रुपमा सम्पन्न।।।

भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमी २०७६ को यही छ शुभकामना !!!
नेपाल स्कटलैण्ड एसोसिएसन द्वारा प्रत्येक वर्ष मनाउदै आइरहेको नेपालीहरुको महान चाड बडा दशै यस बर्षको यहि गत सोमवार ०७ तारिख नवमी का दिन दशैँको शुभकामना आदान प्रदान कार्यक्रम भब्यतका साथ मनाएको छ। नेपाली नेपाली बीच भावनात्मक संबन्ध बढाउनका लागि यस पालीको दशै कार्यक्रमले गहन भूमिका निर्वाह गरेको थियो।
कार्यक्रममा गैर आबासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद तथा ग्ल्यास्को नेपाली एसोसिएसनका अध्यक्ष छबिलाल अर्याल, एन एस ए संस्थापक भोला खनाल, हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चर का अध्यक्ष टिका लिम्बु, स्पोर्ट्स क्लबका अध्यक्ष धन केसी सफल व्यवसायी काशिराम भण्डारी, तथा स्कटल्याण्डका विभिन्न शहर देखि नेपाली, स्थानीय तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, ब्यवसायीहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमलाई सफल गराउन कार्य समितिका पदाधिकारीहरू र सल्लाहकारहरूले गहन भूमिका निर्वाह गरेका थिए। उक्त कार्यक्रम इडन्वरा स्थित हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चर हलमा आयोजित गरिएको थियो। हिन्दुहरूको माहान चाड भनिए पनि बिभिन्न धर्मावलम्बी हरूको पनि उपस्थिति रहनु खुशीको क्षण थियो।
कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय कम्युनिटीसंग सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा यस सस्थाका अध्यक्ष बिजय डंगोल बताउँछन्।
कर्यक्रमको पहिलो चरन संस्थाका सचिव मनिष खत्री द्वारा संचालन गरिएको थियो। सुरुमा नेपाली राष्ट्रिय गान र नौमती बाजाको धुन बाट दशैँ २०१९ लाई स्वागत गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि, नेपाल देखि आएका पाहुनाहरू तथा आगन्तुक हरु लाई स्वागत सम्मान संस्थाका अध्यक्ष द्वारा गरेका थिए भने बर्तमान एन आर एन ए स्कटलैण्ड राज्य समन्वय परिषद तथा ग्ल्यास्को नेपाली एसोसिएसनका अध्यक्ष छबिलाल अर्यालले दशैँको शुभकामना तथा सस्थाको प्रसँसा, प्रगतिका साथै सुमधुर सम्बन्ध अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो।त्यस्तै गरि एन एस ए संस्थापक भोला खनालले दशैँको शुभकामना साथै सस्थाको प्रगतिको कामना गरेका थिए।
कार्यक्रमको दोस्रो चरन संस्कृति, नाचगान कार्यक्रम संस्थाका सदस्य कमला श्रेष्ठ द्वारा सन्चालन गरेका थिए।
सुरुमा बाल तथा युवा कलाकारहरू आकृति खराल, अनुश्का शर्मा, कृश्मा शर्मा, अञ्जु शर्मा, अलिसा खराल, अबिसा चापागांई, अदिश्री चापागॉई, रोबिका बस्नेत, श्रीश्ति कार्की, ग़ेस पन्थी, सारिका खत्री, ज्यासमिन रोका, आकृति थापाद्वारा अति सुन्दर नृत्य, उर्सला मानन्धरको इस्त्रित डान्स तथा स्कटल्याण्डका लोकल ब्यान्ड नेप्सलिङ्स्को लाइभ गायनको बेजोड प्रस्तुतिकाले सम्पूर्ण दर्शक हरू खुसिले उर्लेका थिए भने नौमती बाजाको भव्य धमाकाका साथै डीजेका डीजेनाइटले कार्यक्रम अझ रोमान्चक बनाएको थियो।
साथै यस दशैँ कार्यक्रम सफल बनाउन सहयोग गर्न हुने प्रायोजनहरू बिमल बस्नेत (नमस्ते काठमाडौं रेष्टुरेण्ट), कमला श्रेष्ठ (एभरेष्ट रेष्टुरेण्ट), काशी राम भण्डारी (नमस्ते सिम्ला प्यालेस रेस्टुरेन्ट), टीकाराम खराल (बे लिफ रेष्टुरेण्ट), धन केसी (गोर्खा क्याफे रेष्टुरेण्ट), भोला खनाल (एभरेष्ट इन रेष्टुरेण्ट) तथा स्वयं सेवक साथिहरुलाई संस्थाका अध्यक्ष द्वारा धन्यबाद तथा प्रशंसा प्रमाणपत्र प्रदान गरि सम्मान गरेका थिए भने सम्पूर्ण कलाकारहरु लाई प्रमाण पत्र सहित उपहार प्रदान गरेका थिए।
आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी द्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने रात्रीभोज आयोजना गर्न हुने करि क्याफे रेस्टुरेन्ट को प्रसँसा र धन्यवाद दिएका थिए।यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो महान चाड दशै मनाउने कार्य भएकोमा र नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ।
धन्यवाद।।।?

स्कटल्याण्ड, इडन्वरा