छिमेकीले किन गरे यस्तो काम ? एकै ठाउमा बाबु–छोराको ह*त्या ? फोनमा बोलेको निहुमा यस्तो भयो (स्थलगत)

गत भाद्र १७ गते तीजको भोलिपल्ट स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा नंं ३ स्थीत मीनडाँडामा ३० बर्षिय गोरे भनिने चित्रबहादुर खड्का र उनका ४ बर्षिय नाबालक छोरा रिजन खड्काको ह*त्या भयो । हत्यामा संलग्न भएको आरोपमा स्थानीय दानबहादुर मल्ल (दिपक) लाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दायर गरेको छ ।
बिदेशबाट भर्खर घर आएको दुई महिना मात्र भएको थियो दिपकको । उनी मानसिक र नसाको रोगी भएको उनकी श्रीमतीले बताएकी छन् । तीजको बेला भएकाले आफू माईती गएको र गाउँमा यसतो घटना घट्यो भनेर फोनमा उनै दिपकले भनेका थिए । मृतक गोरेसंग दिपकको श्रीमतीले फोनमा कुराकानी गरेकै संकामा दिपकले ह*त्या गरेको गाउँलेहरुले बताएका छन् । हेर्नुहोस् यो स्थलगत रिपोर्ट