हे भगवान ८१ बर्षीय बृद्ध बुबाले ५३ बर्षिय छोरालाइ सांग्लोले बाँधेर पाल्दै, धुरु धुरु रोए बृद्ध बुबा (भिडियो सहित)

मोरंग । सुन्दा सबैलाई अचम्म लाग्न सक्छ मोरंग जिल्ला मधुमल्लामा बस्ने कृष्ण कार्कीलाइ बिगत ५ बर्ष देखि फलामको सांग्लोले बाँधेर राखिएको छ । ८१ बर्षिय बृद्ध बुबालेनै ५३ बर्षिय कृष्णलाइ हेरविचार गरिरहनुभएको छ । अहिले ५३ बर्षको उमेर पुगेका कृष्ण कार्की परिवारका जेठा छोरा हुन् भने अरु २ जना कृष्णका भाइहरु हुन् ।

२०२४ सालमा जन्मेका कृष्णको एक्कासि मुर्छा पर्ने बिमारले टिकाको दिन बाट भेटेको उनका बृद्ध बुबाको भनाइ छ । आर्थिक अवस्था कम्जोर भएको परिवारमा राम्रो ठाउमा लगेर उपचार गर्ने अवस्था थिएन । धामी झाक्री लगाएर फुक्न लगाए तर रोग ठिक भएन । तेती मात्र हैन कृष्णलाइ गोमन सर्पले समेत डसेको उनका बुबाले बताए । सानो कटेरोमा सांग्लोले बाँधेर राखेको अवस्थामा हामी त्यहाँ पुग्दा बुबाले रुँदै रुँदै आफ्ना बेदना सुनाए । तल भिडियो हेरेर भिडियोलाई धेरै सेयर गर्दिनुहोला ।