को हुन् दुबो खाने मातालाई दुध पिलाउने मान्छे ? पुजारीले गरे पर्दाफास (भिडियो)

स्याङ्जा जिल्ला गल्याङ नगरपालीका वडा न ं १ मा रहेको राम्दी कालिगण्डी किनारमा एक महिला मौन तपस्यामा बसेको करिब एक महिना हुन लाग्यो ।
अर्धखांची पुखौली घर भई बुटवलमा बस्दै आएकी माताले देशको शान्ति र ज्ञान आर्जनका लागी कठोर मौन तपस्या बसेको थाहा हुन आएको छ । माता मौन तपस्यामा बसेपनि उनले दैनिक दुईघण्टा भक्तजनहरुसंग बार्तालाप गर्ने तर लिखितमा माताले जवाफ दिने गरेको पुजारीले बताए ।
बेलपत्र र हरियो दुबो मात्र खाएर मौन तपस्यामा बसेको भनिएपनि पछिल्लो समय स्थानीय एक ब्यक्तिले गाईको दुघ पनि दिलाउने गरेको खुलासा गरे ।कालिगण्डकी तिरमा अनकन्टार गुफामा एक्लै बिना साहारा तपस्यामा बसेको थाहा पाएपछि मातालाई भेट्न र हेर्ने मानिसहरुको घुईचो नै लाग्ने गरेको छ ।