२०७६ असोज ५ गते देखि ११ गते सम्म साप्ताहिक राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५

साप्ताहिक राशिफल २०७६ असोज ५ गते देखि ११ गते सम्म (सन् २०१९ सेप्टेम्बर २१ देखि २८ सम्म) सर्व प्रथम यो साता भरि पर्ने महत्वपुर्ण पर्व तथा दिनहरु बारे जानकारी लिऔं ।
यो साता भित्र पर्ने मुख्य पर्व तथा शुभ मुहूर्त का दिनहरु असोज ५ गते – जितीया पर्व, गोरखकाली पुजा, सोह्रश्राद्ध अन्तर्गत अष्टमी र नवमी श्राद्ध। असोज ६ गते – मातृ नवमी र सोह्रश्राद्ध अन्तर्गत दशमी श्राद्ध। असोज ७ गते – सोह्रश्राद्ध अन्तर्गत एकादशी श्राद्ध। असोज ८ गते – ईन्दिरा एकादशी व्रत, द्धादशी श्राद्ध र फर्पीङ मा हरिशंकर यात्रा। असोज ९ गते – सोह्रश्राद्ध अन्तर्गत मघा र त्रयोदशी श्राद्ध, प्रदोष व्रत । असोज १० गते – शस्त्रादी बाट निधन भएका हरुको चतुर्दशी श्राद्ध। असोज ११ गते – दर्श श्राद्ध, औसीं, हलो तथा निशि बार्ने, पितृ विसर्जन। चैत्र ९ गते – नाल मत्स्यन्द्रनाथ रथ यात्रा, विश्व मौसम दिवस, दोकान खोल्ने (नयाँ व्यापार व्यावसायको शुभारम्भ) जुरेको दिन छ ।

यो साता ग्रह गोचरको अवस्था यो साता चन्द्रमा ले असोज ५ र ६ गते मिथुन राशि, ७ र ८ गते कर्कट राशि, ९ र १० गते सिंह राशि र ११ गते कन्या राशिको भ्रमण गर्नेछन । चन्द्रमाका साथै अन्य ग्रहहरुको अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।
अब शुरु गरौं साप्ताहिक राशिफल बाट : मेष राशि – मेष राशिका लागि यो साता शुभ रहेको छ । शाताको शूरुवात मा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको आत्मविश्वास उच्च रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । परिवार मा मेल मिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा मन अस्थिर रहनाले पढाई विग्रन सक्नेछ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यि दिनहरुमा अनावश्यक विषयमा विवाद पर्न सक्नेछ । संयम रहनु उत्तम हुनेछ । यि दिनमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नू उत्तम हुनेछ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

वृष– साताको शुरुमा चन्द्रमाको गोचर धन स्थानमा रहने हुनाले व्यापार व्यावसाय बाट प्रशस्त धन आर्जन हुनेछ । बोलीको प्रभाव बढ्नेछ । परिवार तथा साथीभाई सँग रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा संलग्नता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यावसाय बाट लाभ हुनेछ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ । तुलनात्मक रुपमा बिहिबार र शुक्रबार कमजोर दिनहरु रहेका देखिन्छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ विष्णवे नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

मिथुन राशि – मिथुन राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा चन्द्रमाको गोचर शिरमा रहने हुनाले आत्मविश्वास एवं आत्मसम्मान बलियो रहनेछ । यो साता आर्थीक अवस्था मिश्रित रहनेछ । सामाजिक क्षेत्र बाट समेत चुनौतीहरु देखिन सक्नेछन। व्यापार व्यावसायमा लगानी अनुसार प्रतिफल मिल्न सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक छ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधा आउन सक्नेछ । सकारात्मक सोच का साथ परिश्रम गर्नु आवश्यक छ । आफना आफन्तको सहयोग बाट महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ बृम बृहस्पतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

कर्कट राशि – कर्कट राशिका लागि यो साता मिश्रित रहनेछ। आईतबार र सोमबार बाह्रौं भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । जसले गर्दा तपाईको यो साता नसोचेको क्षेत्रमा खर्च हुन सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ तपाईको नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ । नयाँ सवारी साधन जोड्ने योग छ । व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्ना बालबच्चा सहित पारिवारिक भ्रमण मा कुनै नयाँ ठाउँमा जान सकिने देखिन्छ । सोमबार र मंगलबार भने अनावश्यक खर्च बढ्ने र चिन्ता बढ्ने देखिन्छ । विद्यार्थीको पढाई बाहेक का गतिविधिमा मन जान सक्नेछ । सचेत रहनुहोला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।

सिंह राशि –साताको शुरुमा लाभ स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता व्यापार व्यावसाय बाट प्रशस्त आम्दानी हुने देखिन्छ । आत्मबिश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ । आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । यो साता घर जग्गा सम्बन्धि कारोबार बाट बढि लाभ हुने देखिन्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट भने उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई भने कमजोरी देखिन सक्ने हुनाले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । मंगलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यि दिनहरुमा अनावश्यक यात्रा हुने एवं खर्च बढ्न सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ कुल देवताय नम ३ पटक जप गर्नू शुभ हुनेछ।

कन्या राशि –कन्या राशिका लागि यो साता उत्तम रहने देखिन्छ । कर्म स्थानमा चन्द्रमा को गोचर बाट साताको शूरुवात हुनाले यो साता नोकरी गर्ने हरुका लागि शुभ समय रहनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोग ले आत्मविश्वास बढ्नेछ । यो साता व्यापार व्यावसाय मा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन ।बिहिबार र शुक्रबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ वासुदेवाय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

तुला राशि – तुला राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर नवम भावमा रहने हुनाले आफुले गर्ने हरेक कार्यमा भाग्यले साथ दिनेछ । आर्थीक अवस्था सकारात्मक रहनेछ । त्यसैगरि व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यावसायबाट सोचे अनुरुप नै लाभ मिल्नेछ । कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्ना मान्छे सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी श्री गणेशाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शूरुमा आईतबार र सोमबार चन्द्रमाको गोचर अष्टम भावमा रहने हुनाले स्वाथ्य सम्बन्धि समस्या एवं विभिद कार्यमा शत्रुबाधा देखिन सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । जिवन साथिको प्रेम र सम्मान बाट तपाईको आत्म बिश्वास उच्च हुनेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । । । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । बिशेष गरि पुस्तक तथा शैक्षिक सामाग्री सम्बन्धि कारोबार बाट उचित लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । प्रेमी सँग वादविवाद पर्नाले मन खिन्न हुन सक्नेछ । आपसी समझदारी कायम गर्न इमान्दार प्रयास आवश्यक छ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ । विदेश यात्राको योग छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ सोम सोमाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

धनु राशि – धनु राशिका लागि यो साता मिश्रित रहने छ । साताको शुरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले । साझेदारीका कार्यबाट लाभ हुने एवं देश विदेशको यात्रा हुने योग छ । स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नयाँ कुरा सिक्न पाईने हुनाले आफ्नो अनुभव एवं क्षमता बढ्नेछ । । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्याथीृको पढाई भने कमजोर हुन सक्नेछ । राम्रो ध्यान दिनु आवश्यक छ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मकर राशि – मकर राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा छैठौं भावमा चन्द्रमाको गोचर रहने हुनाले शत्रुहरु पराजित हुने छन । मामली पक्ष बाट साथ र सहयोग प्राप्त हुन सक्नेछ । आफ्ना सन्तान बाट सुख प्राप्त हुनेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । तपाइको बौद्धिक क्षमताको उचित कदर हुनेछ । कार्यस्थलमा सहकर्मी साथी बाट सहयोग प्राप्त हुनेछ । त्यसैगरि आफ्नो जिवन साथि सँग रमाइल पल हरु विताउने अवसर प्राप्त हुनेछ । आर्थीक अवस्था मा सामान्य उतार चढाव आउन सक्नेछन । व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । बिहिबार र शुक्रबार भने तुलानात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गं गणपतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि यो साता शुभ रहनेछ । साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले शारिरिक तथा मानसिक अवस्था सबल रहनेछ । सामाजिक एवं राजनितिक क्षेत्रमा तपाईको उचाई बढ्नेछ । सन्तान बाट सुख प्राप्त हुनेछ। जिवनसाथी सँग प्रेमिल समय वित्ने देखिन्छ । जिवन साथीको प्रेम र समर्पण भाव उत्तम रहनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सुमधुर सम्बन्ध कायम हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । उचित अंक प्राप्तीका लागि सहि योजना का साथ निरन्तर परिश्रम आवश्यक छ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।

मिन राशि – मिन राशिका लागि साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले आईतबार र सोमबार स्वास्थ्य अवस्था कमजोर हुने एवं घरायसी समस्याले चिन्ता बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा महत्व पूर्ण सुधार हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। यि दिनहरुमा साथीभाई सँग रमाइलो कुराकानी हुने, उनिहरुको साथ र सहयोग प्राप्त हुने देखिन्छ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । साझेदारीमा कुनै नयाँ कार्य को शुरुवात हुन सक्नेछ ।विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । साताका यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गङ गणपतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।