नायक निखिल उप्रेतिले पहिलोपटक दोहोरी गीत खेले कला लम्साल संग-हेर्नुहोस भिडियोनै

काठमाडौँ – चर्चित गायक बद्री पंगेनीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गायक बद्री पंगेनी र कला लम्सालको सुमधुर स्वरमा ‘धानको चामल बोलको नयाँ लोकदोहोरी गीत बिहीबार सार्वजनिक भएको हो । यस गीतमा रमेश बिजीको शब्द र तिलक ओलीको संगीत रहेको छ ।

यस गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक निखिल उप्रेती नाचेका छन् । उनीसंगै कला लम्सालको पनि दमदार अभिनय रहेको छ । भिडियोमा अरुण अशोक कुमारको छायाकंन ,मिलन विश्वकर्माको सम्पादन र शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ । नायक निखिल उप्रेतीले अभिनय गरेको यो भिडियो दर्शकले निकै मनपराएका छन् ।