वि.सं. २०७६ साल असोज ३ गते शुक्रबार आजको राशिफल तपाईको लागी

आजको राशिफल वि.सं. २०७६ असोज ३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २० तारिख, ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) – ९८४२२१९७३५
आजको राशिफल वि.सं. २०७६ असोज ३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २० तारिख,भाद्र शुक्ल पक्ष षष्ठि तिथी । कृतिका नक्षत्र बिहान ०७ बजेर ४७ मिनेट सम्म त्यसपछि रोहिणी नक्षत्र। चन्द्रमा वृष राशिमा। बज्र योग, भद्रा करण। सुर्याेदय बिहान ०५ः५२ र सुर्यास्त साँझ ०६ः०२ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि वृष हुनेछ । आजको चाडपर्र्व सोह्रश्राद्ध अन्तर्गत पञ्चमी तिथि श्राद्ध र संबिधान दिवस र भोली सोह्रश्राद्ध अन्तर्गत षष्ठि तिथि श्राद्ध रहेको छ।

आजका लागि शुभ समय
लाभ वेला बिहान ०७ः१३ देखि ०७ः११ मिनेट सम्म, अमृत वेला बिहान ०८ः४४ देखि १०ः१३ सम्म, शुभ वेला दिउँसो ११ः४२ देखि ०१ः१३ सम्म रहेका छन।

आजका लागि अशुभ समय
काल वेला बिहान १०ः१३ देखि ११ः४३ सम्म र रोग वेला दिउँसो ०१ः१४ देखि ०२ः४२ सम्म रहेका छन।

आज जौ खाएर र भोली तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)धनस्थानमा चन्द्रमा भएकाले आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिनेछ। स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका काममा खट्नु पर्ने दिन छ । घरायसी कारण ले खर्चको मात्रामा बृद्धि हुने सम्भावना छ । गहना, कपडा वा धातुको कुनै वस्तु किन्दै हुनुहुन्छ भने मोलतोल गर्न नबिर्सनु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ । आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)आज तपाईको शिरमा चन्द्रमा रहेकाले आजको दिन राम्रो छ । यद्यपि रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ । आज तपाईका लागि शुभरङ्ग गुलाबी, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ अं अङ्गारकाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)आज तपाईका लागि बाह्रौं घरमा चन्द्रमा को गोचर रहनेछ। खर्चमा नियन्त्रण गर्नुपर्छ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुनेछैन, बोलीको विपरीत अर्थ लाग्न सक्छ, तपाईंका कामधन्दामा कसैको सरसहयोगको आशा नगरेको राम्रो हुन्छ । प्रेमसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । छर–छिमेकमा पनि सानातिना असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धा भिड्दै हुनुहुन्छ भने अलि बढी लगनशील बन्नुहोला, ले राम्रो नतिजाका लागि मिहिनेत गर्नु आवश्यक छ । आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ बृं बृहस्पतये नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)आज शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, आज राज्यस्थानमा चन्द्रमा रहेकाले सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । व्यापारीहरूको आर्थिक पक्ष सबल बन्नेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रो लाभ हुनेछ । आज मायाप्रेमका लागि समय जुट्ने छ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शं शनिश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)आज तपाईका लागि दिन राम्रै भए पनि आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । कर्मक्षेत्रमा रहेको चन्द्रमाको प्रभावले कडा मिहिनेतका कारण गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न सकिने छ । तर नचाहेको क्षेत्रमा विभिन्न जिम्मेवारी वहन गर्दै दौडधूप गर्नु पर्ने दिन छ । बिहानीपख दिक्कलाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ । तर सचेत रहनु होला, प्रतिफल नआउने क्षेत्रमा धनलगानी गर्ने मनसाय बन्नसक्छ । सम्पत्तिको कारोबार गर्दा अभिभावक र जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ । व्यापारका क्षेत्रमा सानातिना समस्या देखिन सक्छन । मनोरञ्जन वा खेलवाडबाट टाढा बस्नु जायज हुनेछ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ कुलदेवताभ्यो नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने छ । जीवनसाथी वा बालबच्चासँग भावना बुझ्ने प्रयास हुनेछन। अभिभावक वा इष्टमित्रको शुभकामना र सहयोग प्राप्त हुनेछ । प्रयास गरेका काममा शुभफल प्राप्त हुनेछ । गरेका काममा भाग्यले साथ दिनेछ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन। आस मारेको काम पनि पूरा गर्ने साहस र हिम्मत पलाउने छ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुनसक्छ । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा केशरी, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ धर्मराजाय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)प्रेमसम्बन्धमा निरसता छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । स्वास्थ्यप्रति पनि सचेत हुनुहोला । आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, लामो दूरीको यात्रा प्रारम्भ गर्नु हुँदैन । तपाईंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । प्रतिकूल समयले घेरेको छ, हातहतियार र मेसिनको प्रयोगमा सचेतता अपनाउनु राम्रो हुन्छ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज तपाईका लागि ॐ मृत्युञ्जयाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)आज व्यापारमा ठूलो उपलब्धी लिन सकिने समय छ। आर्थिकपक्ष बलियो देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनको इच्छा जाग्ने छ, तर कामको चाप ले निराशा हुनसक्छ । यात्रामा सावधानी अपनाउनु होला, नत्र नरमाइलो बन्नसक्छ । घरपरिवारमा मतभिन्नता बढ्न सक्छ । रसरङ्ग र मनोरञ्जनको चाहना पूर्ण गर्ने समय आएको छ । तर कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमप्रसङ्ग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ वा पतिरपत्नी वा प्रेमीरप्रेमिकाको स्वास्थ्यस्थिति सन्तोषजनक नहुने सम्भावना छ । दिकदारी बढ्ने सङ्केत देखिन्छ। सचेत रहनु होला । आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य ॐ कामदेवाय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तयार हुनेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । विद्यार्थीहरूले विवाद र झैझगडा जस्ता क्षेत्रबाट बच्नु राम्रो हुनेछ। आज तपाईका लागि शुभरङ्ग सेतो वा घुर्मैलो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ धन्वन्तरीदेवाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)आज खासगरी छात्रछात्रा तथा प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा संलग्नहरूले उपलब्धी हासिल गर्ने समय छ, अनि गृहस्थीहरूले सन्तति वा भाइबहिनीका समस्या हल गर्न केन्द्रित हुनु पर्ने समय छ र तिनको शिक्षादीक्षा र भविष्यका बारेमा घोत्लिन बाध्य भइनेछ । प्रायः सबैलाई इष्टमित्र र बन्धुबान्धवले आवश्यक सहयोग र सद्भाव प्रदान गर्नेछन। खानपान र मनोरञ्जनको अवसर पनि जुर्नेछ, तर पाचन प्रणालीमा आउन सक्ने खराबीले दिकदारी हुनसक्छ । बौद्धिक र सृजनात्मक क्षमतामा आएको कमीले चिन्तित तुल्याउन सक्छ । आज तपाईका लागि शुभरङ्ग आकासे, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ वाग्देव्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)आज तपाईका लागि चौथो भावमा रहेको चन्द्रमाको प्रभावले घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र व्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्न कठिन । मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा वैराग्य र निराशाका भाव सञ्चरण हुनसक्छन । परिवारभित्रका साना तिना काममा धेरै समय खर्चनु पर्नेछ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । निर्णायक क्षमतामा कमी आउने छ। शुभरङ्ग कलेजी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्यसफलताका लागि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)सामाजिक काममा संलग्न हुने अवस्था देखिन्छ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । परीक्षा र प्रतिस्पद्र्धामा सफल भइने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन। अर्थ लाभको अवसर आउने छ । धार्मिक र सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । प्रतिष्ठा बृद्धि गर्ने समय छ । आज तपाईका लागि शुभरङ्ग हरियो, शुभअङ्क ३, शुभदिशा पश्चिम, ॐ कार्यविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।