‘यो कस्तो ज्वाला दनकेको हो…’ सार्वजनिक

काठमाडौं, असोज २ ।

किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो कस्तो ज्वाला दनकेको हो…’ सार्वजनिक भएको छ । डीआरको केही समय अघि सार्वजनिक एल्बम ‘जखम’मा रहेको गीत ‘यो कस्तो ज्वाला दनकेको हो…’को भिडियो सार्वजनिक भएको हो । सुनिता थेगिमको स्वर रहेको गीतमा बुलु मुकारुङको सङ्गीत र चन्द सिंङको एरेञ्ज रहेको छ । मुनाल शिशिरको निर्देशन रहेको गीतको भिडियोमा सुनिशा, ईश्वर र डीआरलाई फिचरिङ गरिएको छ । विदुर पाण्डे (नविन)ले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

गीत लेखेरै विभिन्न विधामा ६ वटा विश्व रेकर्ड कायम गरेका उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रिलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त समेत प्राप्त गरिसकेका छन् । उनले नेपाली गीत/सङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेको हो ।

‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ ल्याएका डा. डीआर उपाध्यायले गीत लेखनबाट विभिन्न रेकर्ड राख्न सफल भएका हुन् ।

‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुँने विभिन्न गीत सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायः जसो सबै अवार्डमा अवार्ड चुम्न सफल भएका छन् । उपाध्यायले उपन्यास लेखनमा पनि त्यतिकै सशक्त रुपमा कलम चलाउँदै आएका छन् । डा. डीआरका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् भने नयाँ उपन्यास ‘सपनाकी रानी’ पाठकमाझ आउँदैछ ।