शिव परियारको ‘भेट हुदाँ’ बोलको गीत सार्वजनिक ! ‘कार्टुन क्रुज’ का दुई मुख्य कलाकार सरोज र आश्मा (सहित)

स्कटनेपाल,
गायक शिव परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार युट्युबमार्फत् ‘भेट हुदाँ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ पनि भनिएको छ । गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।
गीतको भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । रमणिय स्थाल साँघामा खिचिएको भिडियो फिल्मी स्टाइलमा तयार गरिएको छ ।
शान थापाको निर्देशनमा बनेको यस भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन् ।

यस भिडियो लाइ पनि हेर्नुहोला :
हिजो विदेश जाने भनेर त्यो मन भित्र हर्ष उल्लास र खुसीयाली बोकेर काठमाडौँ आइरहदा अनि अचानक तिब्र गती मा ज्वरो आयो हस्पिटल लगेर जाच गर्ने कर्ममा २ वटै मृगुला फेल भएको प्रमाणित भय लगतै आफ्नै जीवन संगिनीले समेत छोडेर गइ हालिछिन ! यो कस्तो बिडम्बना! मान्छे किन यति स्वार्थी हुन्छ ? मर्दा मानिसले लिएर जाने के होला ? आखिर हामि नाग्नै आयौ नाङ्गै जाने हो ! हेर्नुहोस यो दर्दनाक भिडियो बिशेष गरेर लम्जुङ्गवासी हरुले पक्कै पनि धेरै जोड दिनु होला भन्न चाहन्छु ! सके सहयोग गरौ न सके सहयोगी मन सम्म पुराउन १ (एक) शेयर गर्नु होला !