परदेशीका श्रीमतीहरुलाइ खुसि बनाउने दशैँ गीत पहिलोपटक आयो बजारमा

लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्रीको प्रस्तुतिमा फेरी अर्को रमाईलो दशैँ तिहार गीत ‘कति रुनि हो’बजारमा आएको छ।लोकप्रिय गायक बिष्णु खत्री र देवी घर्ती मगरको सुमधुर आवाजमा सुसजित गीतमा बिष्णु खत्रीकै लय र शब्द रहेको छ ।

बिष्णु खत्रीको आफ्नै युटुब च्यानल बाट आएको उक्त गीत यो पटक भने अलिक फरक सैलीमा रहेको छ।सधै रूहाउने गीत गाउने बिष्णुले यो पटक भने दर्शकलाइ हौसला पनि दिएका छन यो गीतबाट।बिदेशमा रहेका नेपाली सधै बिदा नपाउने तर यो पटक भने छुट्टी मिलेर घर आउन पाएको खबर यो गीतमा समाबेस गरिएको छ।दशैँ तिहार जस्तो महान पर्वमा आफ्नै परिवार संग रहने कथा जोडिएको उक्त गीतमा आशा खड्का र बिमल खड्काको अभिनय रहेको छ।

दिलिप रेग्मीको निर्देशन रहेको भिडियो मरुभूमि नारायणको छायांकन रहेको छ।सुमधुर क्रियसन मार्फत बजारमा आएको उक्त गीतको सम्पादन भने रोशन धिताल ले गरेका हुन्।भिडियो छोटो समयमै धेरैले माया गरिसकेका छन।हेरौ यो बर्षको लागि बजारमा आएको गीत: