गर्भवती महिलाको परिवारलाइ घरबेटीले मध्यरातमा घरबाट निकालिदिएपछि सडकमा बास,रुदै भन्छिन ‘चार दिन देखि भोकै छु’

इन्द्र पण्डित को परिवार अहिले सडकमा आइपुगेका छन्। दुइवटा छोरी , एउटा छोरा अनि गर्भाबस्था मा रहेकी इन्द्र पण्डितकि श्रीमती र इन्द्र पण्डित अहिले हाडीगाउ को ५ नम्बर वडाको बन्दै गरेको भवनमा ६ / ७ दिन अगीदेखि बस्दै अहिरहेका छन्।इन्द्र पण्डितले समयमा भाडा तिर्न नसकेको कारण घरभेटिले उनीहरुलाई घर बाट निकालिएको इन्द्रको भनाइ छ।

लगातार केहि दिन अघिदेखिको वर्साको कारण इन्द्रको काम पनि नभएको इन्द्र बताउछन।इन्द्रले आज भन्दा आगाडी गरेको ठेक्का को काम बाट घाटा भएको कारण इन्द्रले भाडा तिर्न अलि ढिलो भएको इन्द्रको श्रीमती बताउनु हुन्छ।अहिले उनीहरु हाडीगाउको नवनिर्मित भवनमा जसो तसो आफ्नो परिवारलाइ लिएर बस्दै आइरहेका छन्।उनीहरुको स्थिति साच्चै नै दया लाग्दो छ , इन्द्रको एउटा छोरीलाइ जन्डिस भएर बिरामी छिन अनि उनको श्रीमती को अबस्था झन् दयनीय छ , उनीहरु ले ६/७ दिन देखि बिना खाना बस्न बाध्य छन्।छोरा छोरीले पढ़नी स्कुलमा स्कुल फी तिर्न नसकेकाले उनीहरु स्कुल जान बाट नि बन्चित भएका छन्। उहाको स्थितिको बारेमा बाकि भिडिओ बाट थाहा पाउनु होस्।