सन्नी लियोनीका कारण अस्ट्रेलियामा संसदिय उम्मेदवारी नै रद्ध

हाम्रा बयस्कहरु वयस्क फिल्मका स्टार नेपाल आएको बेलामा आफ्नो अधिकारको उपभोग गर्नु कुनै आस्चर्यको कुरा होइन, तर पनि त अस्ट्रेलियन पार्टीले अबलम्बन गरेको पार्टिगत संस्कार जस्तै हाम्रो संस्कारलाई आदर गर्ने बयस्कहरुलाई पनि त आफ्नो अधिकार र दायित्व पुरा गर्ने अधिकार पनि त छ नि । 

लिबरल पार्टीका प्रबक्ताले नितिनले भिक्टोरिया राज्यको थोमसटाउनबाट दिएको संसदिय चुनावको उम्मेदवारीप्रति लिबरल पार्टीको तर्फबाट कुनै समर्थन नभएको घोषणा गरिदिए । कारण थियो भारतीय मूलकी क्यानडाबासी सन्नी लियोनी बयस्क फिल्म स्टार हुनु ।

रामकुमार श्रेष्ठ *
अहिले जस्तो युट्युब र र समाचारको शेयरिङ्ग र भ्यु बढाउने प्रश्न त थिएन नै त्यो बेला र पनि जब “महान” फिल्म शुटिङका लागि अमिताभ बच्चन र जीनत अमान नेपाल आए त्यो बेला पनि अनियन्त्रित भीडको कमी पटक्कै भएन । त्यो बेलाको भीडभाडको कारण शुटिङ हुने वरिपरीका स्थानिय वासिन्दा मात्रै नभएर कयौं कलेजहरु शुटिङको समयमा अघोषित रुपमा बन्द प्राय: जस्तै हुने गर्थे ।

कृष्ण मन्दिर क्षेत्रमा सो फिल्मको शुटिङ भएको बेलामा टाँढाको कालेजका युनिफर्म लगाएकाहरुको प्राचुर्यता नसुहाउने भए पनि त्यस्तो भैदियो पनि । त्यहाँ भीड अनियन्त्रित भएकोले शुटिङस्थलको सुरक्षाको कारण सुरक्षा निकायका ब्यक्तिहरुले पछाडि धकेल्ने क्रममा एकजना पूर्व पररास्ट्र मन्त्रीका छोरालाई पनि अलिक बढी नै ठेलेछन । मन्त्रीका छोरोले भनेछन, “मान्छे चिनेर ठेल” । प्रत्येक मन्त्रीका छोराछोरीलाई प्रत्येक सुरक्षाकर्मीलाई चिन्नै पर्ने भन्ने पनि छैन नि ।

त्यो बेला पनि अहिलेको जस्तो फेसबुक भैदिन्थ्यो भने नेपालीहरुको लाइभ, को कहाँबाट हिंडेर कहाँ पुग्यो जस्ता अपडेट र फोटो पोस्टिङका कारण फेसबुकले राम्रै दबाब थेग्नुपर्ने हुन सक्थ्यो ।

एउटा कलेजको त्यो बेला निकै चर्चा चल्थ्यो जता पनि सो कलेजको युनिफर्म लगाउनेको भीडभाड देखिनाले । चर्चासंगै आलोचना पनि त्यत्तिक्कै हुन गएको थियो सो कलेजको । अमिताभ बसेको होटेलमा समेत युनिफर्म सहितको भीडका कारण अमिताभले “रोमान्स मार्केट” शब्दवली प्रयोग गरिदिए । त्यसो भनेकोमा बिरोध गर्ने गर्दै रहे भीड लाग्ने लागिरहे । सबैले आ-आफ्नो अधिकारबोध त गरे, कर्तब्यबोध गर्न भने सबैले बिर्सिदिए । युवा युवती भीडभाड लाग्न जान्थे, तिनैका गुरु, माता तथा पिता बिरोध गर्थे ।
अहिले पनि नेपालमा सन्नी लियोनीका कारण आफ्नै किसिमको भीडभाड छ ।

यी भीडभाडको प्रसंग कोट्याराख्दा २०१४ सालको अस्ट्रेलियाको भिक्टोरिया राज्यको संसदिय चुनावको प्रसंग ताजा भएर आयो । भिक्टोरिया राज्यमा भारतीय मूलका नितिन गुर्साहानीले लिबरल पार्टीबाट संसदिय चुनावमा उम्मेदवारी दिए । उन्ले चुनाव हुने दिन २९ नोभेम्बरको अघिल्लो रात नितिन आँफै बजार ब्यबस्थापक रहेको आफ्नो पारिवारिक ब्यबसाय किरेन अस्ट्रेलिया स्पोन्सर भएर मेलबर्नको टुराकमा सन्नी लियोनीलाई प्रमुखता दिने गरी आयोजना गरेको कार्यक्रमका कारण भिक्टोरिया राज्यको लिबरल पार्टीका प्रबक्ताले नितिनले भिक्टोरिया राज्यको थोमसटाउनबाट दिएको संसदिय चुनावको उम्मेदवारीप्रति लिबरल पार्टीको तर्फबाट कुनै समर्थन नभएको घोषणा गरिदिए । कारण थियो भारतीय मूलकी क्यानडाबासी सन्नी लियोनी बयस्क फिल्म स्टार हुनु ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यको संसदिय चुनावको उम्मेदवार दिने ब्यक्तिले जुन सन्नी लियोनीलाई प्रमुखता दिने गरी कार्यक्रम आयोजना गरे तिनै सन्नी बयस्क फिल्मका स्टार भएको कारण संसदिय उम्मेदवारी दिने ब्यक्तिको उम्मेदवारीलाई सम्बन्धित पार्टीले रद्ध गरिदिएको थियो, तर अहिले तिनै सन्नी नेपाल छिन र उन्लाई स्वागत गर्न, उनीसंगको भिडियो भाईरल बनाउन, उनीसंगको फोटो समाचार बनाउन र सामाजिक सन्जालमा राख्न कयौं मानिस लालायित होलान र लागि परेका होलान । आखिर हामी पाहुनाको सत्कार गर्नेमा विस्व प्रसिद्ध छौं – भूकम्पका बेलामा आफ्नै बस्ने र खाने ठेगाना नभएकाहरुले पाहुनालाई “खाएर जानुस” भनेर भनेको अत्यन्तै मार्मिक र संबेदनशील भनाइबारे धेरै बिदेशी अनभिज्ञ छैनन । त्यसैले हाम्रा बयस्कहरु वयस्क फिल्मका स्टार नेपाल आएको बेलामा आफ्नो अधिकारको उपभोग गर्नु कुनै आस्चर्यको कुरा होइन, तर पनि त अस्ट्रेलियन पार्टीले अबलम्बन गरेको पार्टिगत संस्कार जस्तै हाम्रो संस्कारलाई आदर गर्ने बयस्कहरुलाई पनि त आफ्नो अधिकार र दायित्व पुरा गर्ने अधिकार पनि त छ नि ।

*लेखक श्रेष्ठ लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक हुन ।