आजको राशिफल वि.सं. २०७६ भदौ २८ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १४ तारिख

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५ दैनिक राशिफल
वि.सं. २०७६ भदौ २८ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १४ तारिख, भाद्र शुक्ल पक्ष प्रर्णीमा तिथी बिहान ०८ बजेर ४१ मिनेट सम्म त्यसपछि एकादशी तिथी । पूर्वभाद्रपद नक्षत्र, चन्द्रमा कुम्भ राशिमा दिउँसो ४ बजेर ०८ मिनेट सम्म त्यसपछि मिन राशिमा, शुल योग, बालब करण। सुर्याेदय बिहान ०५ः४९ र सुर्यास्त साँझ ०६ः०९ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि दिउँसो ४ बजेर ०८ मिनेट सम्म कुम्भ राशि र त्यसपछि मिन राशि हुन्छ। आजको चाडपर्र्व सोह्र श्राद्ध शुरु प्रतिपदा श्राद्ध हुन्छ र चेपाङ जातिको चोनाम पर्व रहेको छ। भोली सोह्रश्राद्ध अन्तर्गत तृतीय तिथी श्राद्ध, पञ्चली पुजा र बाल दिवस रहेको छ।

आजका लागि शुभ समय शुभ वेला बिहान ०७ः१३ देखि ०८ः४३ मिनेट सम्म, लाभ वेला बिहान ०१ः१३ देखि ०२ः४३ सम्म, अमृत वेला दिउँसो ०२ः४४ देखि ०४ः१२ सम्म रहेका छन। आजका लाग अशुभ समय काल वेला बिहान ०५ः५७ देखि ०७ः१४ सम्म र रोग वेला दिउँसो ०८ः४४ देखि १०ः१२ सम्म रहेका छन। आज तिल मुखमा राखेर र भोली घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आज व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ नीलसरस्वत्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –प्रशस्त आम्दानी हुने दिन छ, तर आम्दानी गरिएको धन सञ्चय गर्न कठिन हुनेछ। आम्दानी अनुसार खर्च पनि बढ्ने देखिन्छ । पारिवारिक बाध्यतामा र युवायुवतीले मनोरञ्जनात्मक क्षेत्रमा खर्च गर्नसक्छन्। स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । कर्मक्षेत्रमा चन्द्रमा रहेकाले आज तपाईले धैर्य र संयम भई परिश्रम गर्ने दिन हो । आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ भूमिदेव्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज तपाईका लागि भाग्यभावमा चन्द्रमा रहेकाले अवसर प्रशस्त मिल्ने देखिन्छ। ठूलाबडाको सहयोग लिन सकेमा महत्त्वपूर्ण काम बन्ने सम्भावना छ । कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरपरिवारका काममा आजको केही समय बित्नसक्छ। बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन भने कठिन देखिन्छ । आफूलाई बेवास्ता गर्नेहरूको क्रियाकलाप देखेर विरक्तिको भाव बहन सक्छ, तर ध्यान र योगको सहारा लिएमा मन शान्त र प्रसन्न बन्नेछ । आज सबैले परोपकारी काममा केहि समय दिनु राम्रो हुन्छ । आज तपाईका लागि शुभरङ्ग सेतो वा पहेंलो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ गुरवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रेम सम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आठौं भावमा चन्द्रमा रहेकाले बाटो काट्दा र सवारी चलाउँदा होस राख्नुपर्ने दिन छ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कालभैरवाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज तपाईको काम गर्न जाँगर चल्नेछ। उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ। साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेम प्रसङ्ग र मनोरञ्जनका लागि अनुकूल समय छ । साझेदारी र सहकार्यमा गरेको हरेक क्रियाकलापबाट फाइदा हुनेछ । आज तपाईका लागि शुभरङ्ग गुलाबी वा सिन्दूरे शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ गृहलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आज गरिएका काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ। शारीरिक प्रतिस्पर्धा वा वादविवादका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । आज तपाईका लागि शुभरङ्ग हलुका सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ रां राहवे नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज तपाईको मुखमा सरस्वतीको बास हुनेछ। आज आफ्नो बोली र बिचार द्धारा अरुलाई प्रभावित बनाएर काम लिने दिन छ। आज ज्ञान र सिप बाँडेर जस लिने समय हो । खासगरी छात्रछात्राहरूका लागि शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ। साहित्यिक तथा बौद्धिक गतिविधिमा संलग्न हुने समय छ । मित्रवर्ग र आफन्तबाट उपयोगी र आवश्यक सहयोग प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । व्यापार र व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीका माध्यमबाट खुसी हुने समय छ, दाम्पत्य जीवन सुखमय रहने छ । प्रेम सम्बन्ध पनि सुमधुर रहने दिन छ। आज तपाईका लागि शुभरङ्ग हलुका नीलो वा हरियो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ सरस्वत्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आज तपाईका लागि मिश्रित रहने देखिन्छ। मान्यजन वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । घरायसी वातावरणमा सुधार आउने छ । मनमा उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ ।साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ । आज झैझगडा र विवादका विषयमा अघि नबढेको राम्रो हुन्छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । आज तपाईका लागि शुभरङ्ग रातो वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ नमश्चण्डिकायै नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आज दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्श्निक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ मिठो भोजनका लागि अवसर प्राप्त हुने सम्भावना पनि छ । आज तपाईका लागि शुभरङ्ग गाढा नीलो शुभअङ्क ३, शुभदिशा पश्चिम आज कार्य सफलताका लागि ॐ सिद्धिविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आज आर्थिक कारोवारबाट लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर्क्वितर्क र बहसमा विजय प्राप्त हुनेछ । धार्मिक र सामाजिक कामको दायित्व थपिन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । साथीभाइ र कुटुम्बले सहयोग गर्नेछन् । व्यापार व्यावसाय आज राम्रो छ, आज साँझसम्म कुनै लाभमूलक काम बन्ने योग छ, अथवा कतैबाट अचानक धनलाभ हुनसक्छ । आर्थिक लगानी बढाउन अनुकूल छ । आज तपाईका लागि शुभरङ्ग घिउ रङ, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ महालक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज तपाईको आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । जोस र जाँगर पलाउने छ, मन फुरुङ्ग हुने समय छ । उपहार पुरस्कार आदि प्राप्त हुने सक्ने योग । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो सम्बन्ध कायमा हुनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । आज तपाईका लागि शुभरङ्ग सिन्दूरे रातो, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ हं हनुमते नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आज तपाईको मनमा उदासीनता आउन सक्नेछ । खर्चभावमा चन्द्रमा रहेकाले अहिले दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । व्यापार तथा पेसाव्यवसायमा सोचे जस्तो नहुँदा मन खिन्न हुनेछ । नचाहेको जिम्मेबारी आइलाग्न। परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । आज तपाईका लागि शुभरङ्ग सेतो वा बैैजनी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्यसफलताका लागि ॐ चित्रगुप्ताय नमः मन्त्र १९ पटक जप गर्नू शुभ हुनेछ।