दुखद समाचार र ताजा जानकारी : अमेरिकाको मिजौरीमा भएको सडक दुर्घटना ३ जना नेपालीहरुको मृत्यु (प्रहरी द्वारा नाम सार्वजनिक )

विजय थापा अमेरिका,
पछिल्लो जानकारी अनुसार अमेरिकाको मिजौरीमा भएको सडक दुर्घटना परि मृत्यु भएका ३ नेपालीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ । गत मंगलबार मिजौरी राज्यको अन्तरराज्य राजमार्गमा भएको कार दुर्घटनामा पर्दा सवारी साधनमा बसेका मध्ये ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले जानकारी दिए पछि स्थानीय पत्र पत्रिकाहरुले नाम सहित मृतक भएका र अस्पतालमा भएकाको नाम सहित प्रकाशित गरेका छन् । मिजौरीको जोप्लिन प्रहरी बिभागले गत मंगलबार दिउसो दुर्घटना भएको बारेमा अध्यावधिक गरेका छन् ।

उक्त घटना अन्तरराज्यको ४४ को पूर्व मिजौरीको राजमार्गको मोडमा घटेको बताएका छन् । जोप्लिन प्रहरी बिभागका प्रमुख निक जिमेनेजका जानकारी अनुसार राभ४ नामक सवारी साधन प्रभास ओझाले चलाएका थिए । प्रहरीका अनुसार ओझा आई-४४ (अन्तर राज्य राजमार्ग ) को तेश्रो मार्ग (लेन)बाट पूर्वतर्फ जादै गर्दा टोयोटा पिकअप मालबाहक ( ट्रक)संग ठोक्कीएको थियो ।

प्रभास ओझा र उनका ४ बर्षिय छोरालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । छोराको स्थिति चिन्ताजनक रहेको प्रहरीले बताएका छन् । तर ओझाको स्थिति आज सामान्य रहेको छ ।

तर प्रभास ओझा कि धर्मपत्नी श्रद्धा ओझा खनालको मृत्यु भएको छ । उनि प्रभास ओझाले चलाएको राभ४ गाडीको अगाडिको सिट (स्थान)मा सवार गरि रहेकी थिइन् भने उनलाई अस्पताल पुर्याईएको भएता पनि अस्पताल मै मृतक घोषित गरिएको थियो ।

यसै गरि उक्त सवारी साधनमा पछिल्लो सिट(स्थान)मा नेपालबाट आउनु भएका श्रद्धा खनालका आमा स्थानीय अस्पताल मै मृत्यु भएको थियो भने उनका पिता गोबिन्द खनाल घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्को सवारी साधनको चालकको नाम अहिले सम्म सार्वजनिक गरेको छैन । यो घातक र डरलाग्दो दुर्घटना भएकोले जोप्लिन प्रहरी बिभागले अनुसन्धान गरि रहेको छ ।

तस्बिर : श्रद्धा ओझा खनालको अनुहार किताव बाट ( फेसबुक )