ब्लड क्यान्सर लागेका रनिक परियारलाई आर्थिक सहयोग र उनको हातबाट केक काटी मेरो जन्म दिन ….. सरु सुनार (भिडीयो सहित)

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आज उनले ‘ब्लड क्यान्सर लागेका रनिक परियारलाई आर्थिक सहयोग र उनको हातबाट केक काटी मेरो जन्म दिन …..’ भनेर उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्।

आफुसंग धेरै पैसा भएर होइन , कलमको साहाराबाट जिबिका चलाउने हामी आफैमा धेरै अभाबहरु खडकिएको हुनेछन् । कहिलेकाही आफ्नो समस्य भन्दा पनि अरुको पिडाले निकै दुख्दोरहेछ । हिजो मेरो जन्मदिन केही साथिभाइ र आफन्तका बिच केक काटी मनाए । केक काटनी यी अबोध साढेतिन बर्षका बाबू थिए रनिक परियार अर्घाखाँची घर भएका रनिक आफू जन्मेको ४ महिना देखि नै ब्लड क्यान्सरबाट ग्रसित छन् ।

१५ दिनमा एक पाउन्ड रगत चढाएर बुवा आमाले बचाइराखेका छन् भएको सम्पत्ति सकियो काठमाडौमा कपडा सिलाएर रनिकका बुवाले रनिकलाई बचाइरहेका छन् । १७ लाख भयो भनी अप्रेसन गरि रनिकलाई बचाउन सकिन्छ तर कहाँबाट ल्याउनु यत्रो पैसा ? मैले रनिकको हातबाट केक काटी स्वर्गीय आमाको सम्झनामा रु पाँच हजार पाच सय पचास सहयोग गरे ।

यो सहयोग मैले म जस्तै अरु दाजुभाइले पनि गरुन् भनी गरेको छु … मन त थियो के गर्नु धन भएन र पनि रनिकको उपचारको लागि सहयोगको माध्यम बनोस् भनी सुरु गरेकी छु । मेरो जन्म दिनमा देश बिदेशबाट सुभेक्षा , सुभकामना व्यक्त गर्नु हुने सम्पूर्ण दाजुभाइ, दिदिबहिनीहरु , आफन्त सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु । साथै मेरो जन्म दिनमा सैघाली खबरका सम्पूर्ण टिम।, दलित एकता संजालको टिम , मेरो भाइहरु , दाजुहरु आएर मनाइदिनु भयो हार्दिक आभार ….

( सरु सुनार )