आजको राशिफल वि.सं. २०७६ भदौ २१ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०७ तारिख

वि.सं. २०७६ भदौ २१ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०७ तारिख, भाद्र शुक्ल पक्ष नवमी तिथी। ज्येष्ठा नक्षत्र बिहान १० बजेर ५६ मिनेट सम्म त्यसपछि मूल , चन्द्रमा बृश्चिक राशिमा बिहान १० बजेर ०८ मिनेट सम्म त्यसपछि धनु राशिमा स्थानान्तरण हुनेछन । प्रिती योग, बालव करण। सुर्याेदय बिहान ०५:४६ र सुर्यास्त साँझ ०६ :१७ मा हुनेछ। आज बिहान १० बजेर ०८ मिनेट सम्म जन्म लिने वच्चाको राशि बृश्चिक र त्यसपछि धनु हुन्छ।

आजको चाडपर्र्व पर्व अदुःख नवमी व्रत रहेको छ। भोली शिक्षा र साक्षरता दिवस र निजामती सेवा दिवस रहेको छ। आजका लागि शुभ समय : शुभ वेला बिहान ०७ :११ देखि ०८ :४१ मिनेट सम्म, लाभ वेला दिउँसो ०१ :१२ देखि ०२ :४० सम्म, अमृत वेला दिउँसो ०२:४१ देखि ०४ :११ सम्म रहेका छन। आजका लाग अशुभ समय : काल वेला बिहान ०५ :५५ देखि ०७ : ११ सम्म र रोग वेला बिहान ०८: ४३ देखि १० :११ सम्म रहेका छन। आज तिल खाएर र भोली घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – तपाईका लागि आजको दिन मिश्रित फलदायी रहेको छ । विहान तिरको समय स्वास्थ्यमा समस्या आउने एवं कार्यमा कठिनाईहरु को सामना गर्नु पर्ने हुन सक्छ । तर साथमा बृहस्पती पनि चन्द्रमा सँग रहने हुनाले धेरै नकारात्मक अवस्था हुने छैन । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । मध्यान्ह देखि भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । काममा सफलता मिल्दै जानेछ । व्यापारबाट राम्रो नाफा मिल्नेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ। आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा केशरी, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ धर्मराजाय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले केहि समय धार्मिक एवं सामाजिक काममा समय दिनु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आज तपाईको सुरुमा सातौं भावमा चन्द्रमा रहेकाले मनमा बिभिन्न तर्कहरु आउन सक्छन । के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ। यस्तो अवस्थामा आफु भन्दा विशिष्ट व्यक्तिको सल्लाह लिनु उत्तम हुनेछ। घरपरिवारबाट सहयोग प्राप्त हुनेछ । साथीभाइले साथ दिनेछन् । व्यापार व्यवसायमा मिश्रित समय रहनेछ। मध्यान्ह समय देखि चन्द्रमाको गोचर आठौं भावमा स्थानान्तरण हुने हुनाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । प्रेम तथा पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यमा समस्या देखिन सक्छन् । घरायसी समस्या र कामधन्दामा केन्द्रित हुनुपर्छ । वैदेशिक क्षेत्रबाट भने लाभ मिल्न सक्नेछ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ मृत्युञ्जयाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले सट्टापट्टा र जोखिमपूर्ण काम मा हात नहाल्नु उत्तम हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –मध्यान्ह सम्म सकारात्मक चन्द्रमा को प्रभाव रहने हुनाले मावली वा आमा बाट सहयोग र आशीर्वाद प्राप्त हुनेछ । मनमा हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । दिउँसो देखि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ। प्रेम तथा रमाइलो छोटो यात्रामा निस्कन मन लाग्नेछ। प्रेम तथा पारिवारिक जिवन उत्कृष्ट बनाउने समय हो । सबै किसिमका समस्याहरु समाधान हुन थाल्नेछन् । लामो दूरीको यात्रामा निस्कन बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिका सँग सुमधुर सम्बन्ध कायम हुनेछ । आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ७, शुभदिशा पश्चिम आज कार्य सफलताका लागि ॐ कामदेवाय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्नु उत्तम हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज तपाईका लागि बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । छोराछोरीबाट सुख र सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले तपाईको कार्यको प्रशंसा गर्नेछन् । मध्यान्ह देखि छैंठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ। यसले गर्दा बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ । कुनै झैझगडा वा किचलो परेमा मेलमिलापका लागि तपाईको प्रयास महत्वपूर्ण हुने देखिन्छ। कतै बाट अशान्ति एवं खराब समाचार सुन्नमा आउन सक्छन् । आज तपाईले क्रोध र रिसरागमा नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ । आज तपाईका लागि शुभरङ्ग सेतो वा घुर्मैलो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ धन्वन्तरीदेवाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तपाईका लागि शुभ दिन रहनेछ । आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । दाजुभाई र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने अवसर छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । आफ्नो बुद्धि र विवेकलाई उचित तवरले प्रयोग गर्न सके लाभ हुनेछ । सिर्जनात्मक एवं कलात्मक क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काम बाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुने योग छ। समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आर्थिक अवस्था सकारात्मक रहनेछ। आज तपाईका लागि शुभरङ्ग आकासे, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ वाग्देव्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले कुनै पनि कार्यमा अहङ्कार नदेखाउनु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज तपाईका लागि मिश्रित रहनेछ। यात्राको सम्भावना छ । बिहानको समयमा सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी कामका लागि समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्री किन्ने योग छ।। व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ। आफ्नो प्रेमी सँग प्रेमसम्बन्धमा सुधार आउने छ । दिउँसो बाट चौथो भावमा चन्द्रमा को गोचर हुने भएकाले जाने भएकाले घरायसी समस्याहरूले मुख्य कामकाजमा असर पर्न सक्ने देखिन्छ। पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा विवाद पर्न सक्ने देखिन्छ । सुमधुर सम्बन्धका लागि ईमान्दारीता आवश्यक छ। परिवारका सदस्यको स्वास्थ्यमा समस्या देखिन सक्नेछ। आज तपाईका लागि शुभरङ्ग कलेजी, शुभअङ्क ४, शुभदिशा उत्तर, आजक कार्य सफलताका लागि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले कुनै पनि चिजमा धेरै लोभ र मोह नदेखाउनु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आजको दिन तपाईका लागि शुभ रहेको छ। विभिन्न परिकार एवं मेवामिष्ठान्न को स्वाद लिने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, फेशन तथा डेकोरेशन सँग सम्बन्धित व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । व्यवहारिक कठिनाइको आउन सक्ने देखिए पनि परिवारका सदस्यको सहयोगमा समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आज तपाईका लागि शुभरङ्ग हरियो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ सिद्धि विनाकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले गरिब दुःखीको भुलेर पनि अपमान नगर्नु उत्तम हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – शत्रु पराजित हुनेछन । तपाईले गर्ने कामकारवाहीमा पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र दाजु भाईले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सुख सुबिधाका लागि सामान खरिद गर्नका साँझ पख राम्रो छ । आफ्नो प्रिय मान्छे सँग नयाँ ठाउँको यात्रा मा जाने योग छ। आज मन त्यसै फुरुङ्ग हुनेछ । मध्यान्ह पछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । व्यापार व्यावसाय बाट उत्तम फाईदा हुनेछ । उधारो लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । स्वास्थ्य अवस्था सबल रहनेछ। आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ। आज तपाई फजुल खर्च बाट बच्नु उत्तम हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आज तपाईको व्यय क्षेत्रमा चन्द्रमा को गोचर रहेकाले अनावश्यक दौडधुप मात्र हुने तर काम नबन्ने सहस्या हुन सक्नेछ। तर मध्यान्ह पछि अवस्थामा सुधार हुनेछ। शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपाईंको प्रशंसा गर्नेछन् । सामाजिक एवं परोपकारका क्षेत्रमा झुकाव बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुने देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ। सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार व्यवसायतर्फ मन आकर्षित हुनेछ । आज तपाईका लागि शुभरङ्ग गुलाबी, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ अं अङ्गारकाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ। आज तपाइ धेरै कल्पनामा र भावनामा डुब्ने काम नगर्नु उत्तम हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आज बौद्धिक एवं र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने दिन छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । रमाईलो र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । कुनै महत्वपुर्ण काम भए मध्यान्ह सम्ममा सम्पन्न गर्ने प्रयास गर्नु उत्तम हुनेछ। अन्यथा काम लम्बिन सक्नेछ। साझपख राम्रो कामका लागि खर्च बढ्न सक्ने देखिन्छ। आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ बृं बृहस्पतये नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले काम गर्दा आलस्यता त्याग गर्नु उत्तम हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – सामाजिक एवं सांस्कृतिक क्षेत्रमा काम गर्ने दिन छ । साथीभाइ र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । विपरीतलिङ्गी साथी बाट तपाईको दिनचर्यामा सहयोग हुनेछ । व्यापार व्यावसायका माध्यमबाट आम्दानी बढ्ने छ । मध्यान्ह बाट सामाजिक गतिविधिमा सक्रिय भइने छ । रोकिएका काम सुल्झाउन सकिन्छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका बाटा हरु थपिने छन । सामाजिक क्षेत्रबाट सम्मान र सहयोग प्राप्त हुनेछ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शं शनिश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले कुनै पनि काम गर्दा अनुशासन भङ्ग गर्ने काम नगर्नु उत्तम हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – व्यापार व्यावसाय एवं लगानीबाट राम्रो फाइदा हुनेछ । बिहान पख मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ। के गर्ने? कसरी गर्ने? भन्ने विषयमा अनेक तर्कहरु मनमा उब्जिन सक्छन। तर मध्यान्ह देखि अवस्थामा सुधार हुँदै जानेछ । आज व्यापार र व्यावसायका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न कठिन हुन सक्नेछ। जसले गर्दा सम्बन्धमा तिक्तता आउन सक्छ। आफ्नो जिम्मेबारी राम्रो सँग पुरा गर्न सकेमा दिन उपलब्धिमुलक हुने देखिन्छ। आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ कुलदेवताभ्यो नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ। आज तपाईले अल्छीपना त्याग गर्नु उत्तम हुनेछ।